site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

प्रदेश १ र गण्डकी सरकारले प्रदेश सभाका सदस्यलाई उपलब्ध गराउन लागेको पैसा वितरण नगर्ने निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगको यस निर्देशनले चुनाव स्वच्छ र निष्पक्ष हुने आशा जगाएको छ । 

निर्वाचन क्षेत्रमा प्रदेश सभा सदस्यले तजबिजमा वितरण गर्ने योजनाका लागि विनियोजित रकम वितरण गर्न रोक्ने आयोगको निर्देशन सराहनीय देखिन्छ । आयोगको निर्देशन अरू प्रदेश र स‌ंघका लागि पनि स्वतः बाध्यकारी हुनेछ ।

नियत खराब नभए चुनावको घोषणा भएपछि योजना वितरणका काम स्वतः बन्द हुनुपर्थ्यो । राज्यको ढुकुटी दुरुपयोग गरेर चुनावमा व्यक्ति वा दल विशेषका पक्षमा वातावरण बनाउने काम अख्तियारको दुरुपयोग र भ्रष्टाचार हो ।

KFC Island Ad
NIC Asia

स्वच्छ र निष्पक्ष भएमात्रै निर्वाचनमा जनताको वास्तविक प्रतिनिधित्व हुनसक्छ । त्यसका लागि उमेदवार वा निजका समर्थकले गर्न पाउने खर्चको सीमासमेत तोकिएको छ । तर, प्रभावशाली उमेदवारहरूले चुनावमा राज्यको ढुकुटीलगायत साधन स्रोतको दुरुपयोग गर्छन् ।

निर्वाचन स्वच्छ र निष्पक्ष हुने प्रत्याभूतिका लागि संविधानमै निर्वाचन आयोगको व्यवस्था गरिएको छ । यसैले निर्वाचनमा बेला आयोग सक्रिय र संवेदनशील हुनै पर्छ । आयोगले उमेदवारका गतिविधि र अभ्यासमा निकट निगरानी पनि गर्नुपर्ने हुनसक्छ ।

Royal Enfield Island Ad

राजनीतिक दलका नेता विशेषको निकट व्यक्तिहरू निर्वाचन आयोगलगायत संवैधानिक निकायहरूमा नियुक्त गरिने अभ्यास छ । फलस्वरूप, धेरैका मनमा आयोगका पदाधिकारी निष्पक्ष नहुने सन्देह रहेको हुन्छ । विगतमा केही त्यस्ता उदाहरण देखिएका पनि छन् ।

बहुसङ्ख्यक जनताले निर्वाचनको निष्पक्षतामा विश्वास गरेनन् भने लोकतन्त्रको मूल मर्ममै चोट पुग्छ । यसैले पनि चुनावलाई स्वतन्त्र र निष्पक्ष गराउन र देखाउन निर्वाचन आयोग सक्रिय र संवेदनशील हुनु जरुरी भएको हो । 

सरकारमा रहेका व्यक्ति र दलले मात्र होइन विपक्षका रहेकाहरूले समेत सत्ता र शक्तिको दुरुपयोग गरेर निर्वाचनलाई दूषित बनाउन सक्छन् । निर्वाचन आयोगका पदाधिकारीको इमानदारी, सजगता र कर्तव्यपरायणताले मात्र निर्वाचनमा देखिने विकृति र विसङ्गति रोकिन सक्छ ।

प्रदेश १ र गण्डकी प्रदेश सरकारलाई पैसा नबाँड्न दिएको निर्देशनको मर्मवपरीत कसैले पनि निर्वाचनलाई दूषित बनाउने प्रयास नगरून् भनी आयोगले निकट निगरानी राख्नु जरुरी छ । निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन जनसाधारणले पनि आयोगलाई सहयोग गर्नुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १४:४४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro