site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले ‘नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’ भन्दै शुभेच्छा प्रकट गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज उनकै निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), अस्ट्रेलिया, जर्मनी, स्वीजरल्यान्ड तथा युरोपेली युनियनका राजदूतको संयुक्त प्रतिनिधिमण्डलले अध्यक्ष प्रचण्डलाई भेटी नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकामा आफूहरूको सकारात्मक सहयोग र सद्भाव रहने बताएका हुन् ।

नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि उनहरूले बताएको अध्यक्ष प्रचण्डको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ । सो अवसरमा उनीहरूले गम्भीर मानवाधिकार उल्लंघनका घटना र पीडितको पुनरावेदनको अधिकारका बारे चासो राखेका थिए ।

Global Ime bank

अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा उनीहरूले देखाएको सामूहिक शुभेच्छा र चासोका लागि धन्यवाद व्यक्त गरेका थिए ।

विस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्यायको संवेदनशीलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पुर्‍याउन सफल हुने उनले विश्वास व्यक्त गरेका थिए । “वर्तमान गठबन्धन सरकार शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउन लागिपरेको छ,” प्रेस नोटमा उल्लेख छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement