फोटो फिचर
1660926984.jpg)
काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसमा कृष्ण जन्माष्टमी पर्वको अवसरमा मयूरको प्वाँखको व्यापार हुन्छ । मन्दिरमा भक्तजनको घुइँचो लागेका बेला मयूरको प्वाँखको राम्रो व्यापार हुन्छ ।
शुक्रबार (आज) पनि बिहानैदेखि मन्दिरमा भक्तजनको भिड थियो । व्यापारीहरूले राम्रैसँग मयूरका प्वाँख बेचिरहेका देखिन्थे ।
मयुरको प्वाँख सजाउनका लागि प्रयोग गरिन्छ । भगवान श्रीकृष्णले पनि मयूरको प्वाँख शिरमा सजाउँथे । साथै उनले बाँसुरी पनि बजाउँथे ।
आजको दिन बाँसुरीको पनि राम्रो व्यापार हुने गर्छ ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९ २२:२६
प्रतिक्रिया दिनुहोस्