राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहको सरकारले पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जाजनक भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा कमरेडको जनै पुस्तक विमोचन गर्दै शर्माले अहिले काठमाडौंको सडक जताजतै फोहोरले भरिएको भन्दै मुलुकमा तीन तहको सरकार हुँदा पनि फोहोर उठाउन नसक्नु लज्जाजनक भएको बताए ।
उनले फोहोरको दीर्घकालीन समाधान र महानगरका प्रमुख बालेन्द्र साहलाई सहयोग गर्ने तथा बन्चरेडाँडाबासीन्दाको माग सम्बोधन गर्न कमजोरी भइरहको बताए ।
शासन व्यवस्था फेरिएपनि मुलुकको अवस्था फेरिन नसकेको उनको भनाइ छ । शर्माले युवाहरूले मुलुकको अवस्थाका बारेमा चिन्ता गर्ने बेला आएको पनि बताए ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९ १६:४४
प्रतिक्रिया दिनुहोस्