राजनीति
काठमाडौं । नागरिकतासम्बन्धी विधेयक राष्ट्रघाती भएकाले खारेज गर्नुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टीको अगुवाइमा बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक पुनः अघि बढाउन लागिएको र उक्त विधेयक मुलुकको हितमा नरहेको भन्दै नयाँ बानेश्वरमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागीले ‘देशघाती नागरिकता विधेयक खारेज गर’, ‘भारतीय विस्तारवाद मुर्दावाद’लगायत नारा लगाएका थिए ।
नेमकिपाले नागरिकता विधेयकमाथि पुनः छलफल गरी देशको हितमा सहमतिका साथ अघि बढाउनुपर्ने माग गरेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९ १३:०९
प्रतिक्रिया दिनुहोस्