site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सत्तारूढ दलका स्थानीय नेताहरूले अवरोध गरेपछि बालेनले एक्लो अनुभूत गर्न थाले ?
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) उपत्यकाको फोहोर व्यवस्थापनमा सत्तारूढ दलका नेताले असहयोग गरेको भन्दै असन्तुष्ट छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डदेखि धादिङ–नुवाकोटका स्थानीय सत्तारूढ दलका नेताहरूलाई दोषी देखाउँदै फोहोर विसर्जनमा अनावश्यक अवरोध गरेको आरोप लगाइरहेका छन्, बालेन । 

आफ्नो नेतृत्वलाई असफल बनाउने प्रपञ्च नै रचेको दाबी बालेनको छ । उनले मेयरको चुनाव जितेलगत्तै प्रहरीको बल प्रयोग गरेर उपत्यकाको फोहोर बञ्चरेडाँडा नलैजाने घोषणा गरेका थिए । त्यसबेला बालेनले फोहोरबाट मोहोर बनाउनेसम्मको आश्वासन दिन भ्याए । 

तर, अहिले सीमित व्यक्ति र सत्तारूढ दलका स्थानीय नेताको स्वार्थमा फोहोरमाथि भइरहेको अवरोध हटाउन बाध्यात्मक अवस्था आउँदा प्रहरी परिचालन गर्नुपरेको बालेन बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सत्तारूढ दलका स्थानीय नेताले भने नुवाकोट र धादिङका स्थानीयको प्रतिनिधित्व गर्दै आन्दोलन अघि बढाएको बताइरहेका छन् । नागरिकका आन्तरिक कथा–व्यथा नबुझेको भन्दै सत्तारूढ दलका नेताहरूको नेतृत्वमा आन्दोलन झनै चर्किरहेको छ । 

राजनीतिक स्वच्छन्दतावादी र्‍याप गीत गाएर दलका नेताहरूलाई व्यङ्ग्य हानेर चर्चा कमाएका बालेन यतिखेर काठमाडौंको फोहोर व्यवस्थापनमै रुमलिएका देखिन्छन् । 

Global Ime bank

मंगलबार प्रहरीमाथि स्थानीयले ढुंगामुढा र गुलेली प्रहार गर्दा प्रहरीले प्रहार गरेको रबरको गोली लागेर एक स्थानीय घाइते भएका छन् । 

फोहोर व्यवस्थापनको सन्दर्भमा स्थानीयमाथि जबर्जस्ती बल प्रयोग गरी फोहोर फाल्न लगाइएको र राजनीतिक दललाई दोषी देखाउन खोजिएको महानगरका कर्मचारीकै आरोप छ । 

“थोरबहुत राजनीति भएको छ । तर, सबै राजनीतिकरण भयो भनेर भन्न मिल्दैन । फोहोर व्यवस्थापन गर्न व्यापक अध्ययन अनुसन्धान भएर नयाँ परियोजना निर्माण हुनुपर्छ । त्यो बालेनले गर्न सकेनन्,” एक कर्मचारीले भने । 

मेयर बालेनका प्रतिबद्धता र योजनाअनुसार काम गर्नै नसकेको बञ्चरेडाँडाका स्थानीय बताउँछन् ।  

आफू एक्लैले जस लिन खोजेको र आफूहरूसँग सल्लाह नगरको भन्दै महानगरका सबै ३२ वडाध्यक्षहरू पनि बालेनदेखि रुष्ट छन् । 

छैटौँ नगरकार्यपालिका बैठकमा फोहोर व्यवस्थापनकै विषयलाई लिएर बालेनविरुद्ध वडाध्यक्षहरू खनिए । नगरसभाद्वारा गठित फोहोरमैला व्यवस्थापन समितिलाई समेत थाहा नदिएर आफ्नै मनोमानी निर्णय गरेको वडाध्यक्षहरूको आरोप छ । 

उपत्यकाभित्रै विसर्जन गर्ने बालेनको गोप्य योजनाको पनि बेला–बेला चर्चा चल्छ । बञ्चरेडाँडाका स्थानीयमाथि प्रयोग गरिएको प्रहरी बलबारे बालेनले ‘समय लाग्ने तर पहिलेजस्तो अपराध नगर्ने’ प्रतिबद्धता जनाएका छन् । 

बञ्चरेडाँडामा स्थानीयमाथि प्रहरीको बल प्रयोगको विरुद्धमा स्थानीयले माइकिङ नै सुरु गर्न थालेका छन् ।

फोहोर व्यवस्थापनसम्बन्धी १७४ सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै धुनिवेशी १ का नेपाली कांग्रेस सभापति पूर्ण सिंह तामाङ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष विष्णु तामाङ र नेकपा (एकीकृत समाजवादी)का भीषण धितालले नगरी कार्यसमितिका अध्यक्ष तथा सभापतिलाई पत्राचार गर्दै सधैँका लागि फोहोर मैला व्यवस्थापन बन्द गर्न माग गरेका थिए । 

नेताहरूको सो मागविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी समेत परेको छ । महानगर कृषि तथा वातावरण विभागकी प्रमुख सरिता राईले निजी स्वार्थका लागि स्थानीयले आन्दोलन चर्काएको र सवारी साधन तोडफोड गरेको बताइन् । 

‘मेयर बालेनलाई म एक्लै छु, पार्टीले समन्वय गर्न मानेनन् भन्ने परेको छ’ 

काठमाडौं महानगरपालिकाका एक कर्मचारीले फोहोरमा देखिएको समस्या समाधान गर्न बालेनले एक्लो अनुभूति गरेको बताए । बालेनले स्वतन्त्र रूपमा निर्वाचित भएको र स्वतन्त्र रूपमै हिँड्नुपर्ने अडान नछोडेको उनले बताए । 

“स्थानीय सत्तारूढ दलका नेताहरूद्वारा काठमाडौंको फोहोर सधैँका लागि फाल्न नदिने विज्ञप्ति जारी भयो । त्यसपछि बालेनलाई राजनीतिक दलहरूले आफूलाई असफल बनाउने कार्यक्रम गरिरहेका छन् भन्ने परेको छ,” ती कर्मचारीले भने ।  

अरु–अरु बहाना देखाएर आफूलाई असफल बनाउने षड्यन्त्र भइरहेको बालेनको बुझाइ स्पष्ट देखिएको ती कर्मचारीको भनाइ छ । 

सिसडोल–बञ्चरेडाँडामा दुई धारको आन्दोलन

पछिल्लो समय नुवाकोट सिसडोल–बञ्चरेडाँडामा दुईधारको आन्दोलन देखिएकाले फोहोर व्यवस्थापनमा समस्या आएको ल्याण्डफिल साइटमा खटिएका कर्मचारी बताउँछन् । 

स्थानीय श्रीराम ढुंगाना नेतृत्वको बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समिति र पार्टीगत रूपमा केही समयअघि देखि मात्रै संघर्षमा उत्रिएको टोलीका मागहरू फरक छन् । 

श्रीराम ढुंगाना नेतृत्वको संघर्ष समितिले जग्गा अधिग्रहण गर्ने, फोहोर र मान्छे सँगै बस्न नहुने, ल्याण्डफिल साइट दुर्गन्धमुक्त गर्नुपर्ने लगायत मागहरू राखेका थिए । 

उनीहरूको माग सम्बोधन गर्नेगरी सहरी विकास मन्त्रालयले अहिलेसम्म भएका सम्झौताहरू मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेको छ र उनीहरूले आन्दोलन फिर्ता लिइसकेका छन् । 

आफ्नो माग सरकारले सम्बोधन गरिदिने विश्वासमा ढुंगाना नेतृत्वको संघर्ष समिति पछि हटेको छ ।  

सधैँका लागि फोहोर फाल्न नदिने सत्तारूढ स्थानीय तीन दलका नेताहरूले निकालेको विज्ञप्तिका आधारमा अहिले आन्दोलन चर्किरहेको छ । सो टोलीको माग राम्रोसँग फोहोर व्यवस्थापन गर्नुपर्ने र जनतालाई प्रदुषणमा राख्न नहुने भन्ने छ । 

ल्याण्डफिल साइटमा खटिएका कर्मचारीकाअनुसार हाल आन्दोलितहरू बालेनदेखि निकै असन्तुष्ट र आक्रोशित छन् । पछिल्लो समय फोहोर विसर्जनमा राजनीतिक पार्टीकै कार्यकर्ताले आन्दोलन चर्काएकाले फोहोरमा राजनीतिकरण हुँदै आएको बुझ्न सकिने ती कर्मचारीले बताए । 

सधैँ प्रहरी परिचालन गरेर फोहोरको दीर्घकालीन व्यवस्थापन नहुने संघर्ष समितिका संयोजक ढुंगानाले बताए । “सधैँ बल प्रयोग गरेर फोहोर व्यवस्थापन हुने कुरा होइन । आन्दोलनमा स्थानीय राजनीतिज्ञ सक्रिय हुँदा माथिल्लो नेतृत्वले समन्वयकारी भूमिका निर्वाह गरी दीर्घकालीन समाधान निकालिनुपर्छ,” उनले भने ।   

बालाजु–तिनपिप्ले सडक पिच गर्न प्रचण्डलाई बालेनको कटाक्ष 

लामो समयदेखि बालाजु–तिनपिप्ले सडकखण्ड कालोपत्रे नगर्ने ठेकेदार कम्पनीलाई बचाउ गरेको भन्दै मेयर बालेनले प्रचण्डलाई कटाक्ष गरेका छन् । विगत ८ वर्षदेखि फोहोर लैजाने सडकको हालत खराब बनाउनेको घरमा अंङ्गरक्षक बनेर प्रचण्ड बसेको बालेनको आरोप छ । 

आठ किलोमिटर सडक कालोपत्रे गर्न २०७१ जेठ २२ गते ३१ करोड बजेटमा ठेक्का सम्झौता भएको थियो । पटक–पटक म्याद थप गर्दा पनि सडक पिच नगरेको भन्दै स्थानीयले आन्दोलन गर्दै आएका थिए । 

प्रचण्डका घरबेटी तथा ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो सडकमै टाँसेरसमेत विरोध गरिएको थियो । मंगलबार जिल्ला अदालत ललितपुरले सैलुङ कन्ट्रक्सनसँगको ठेक्का सम्झौता रद्द गरेर कम्पनीलाई तीनवर्ष कालोसूचिमा राखेको छ ।  

निजी कम्पनीले नटेर्दा आफैँ टिपर भाडामा लिने तयारी 

काठमाडौं उपत्यकाको फोहोर उठाउने व्यवसायीहरूले काठमाडौं महानगरपालिकालाई नटेरेपछि टिपर भाडामा लिने तयारी गरिएको छ । 

निजी कम्पनीले महानगरभित्रको फोहोर उठाउन ढिलासुस्ती गर्दा र महानगरलाई नटेर्दा आवश्यकताअनुसार थप टिपर भाडामा लिने तयारी गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।  

“कतिवटा टिपर भाडामा लिने भन्ने हाम्रो सरोकारको विषय होइन । महानगरको आवश्यकता टिपर भाडामा लिने हो,” उनले भने । 

व्यवसायीलाई पेट्रोल र ड्राइभर भत्ता दिने गरी भाडामा लिन लागेको प्रवक्ता मानन्धरले बताए । “हाल फोहोर उठाउँदै आएका निजी तथा गैरसरकारी कम्पनीसँग महानगरको सरोकार भएन । हाल महानगरपालिकासँग १२ वटा गाडी छ । हामीले सहयोग स्वरूप गाडी लिने तयारी थालेका छौँ,” उनले भने । 

महानगर कृषि तथा वातावरण विभागका अनुसार फोहोर उठाउने कुनै पनि कम्पनी महानगरमा दर्ता छैनन् । उनीहरू आफँैले फोहोरको शुल्क मनपरी उठाउँदै आएका छन् । 

विभागकी प्रमुख सरिता राईकाअनुसार विगत लामो समयदेखि काठमाडौं महानगरभित्र मात्र २९ वटा कम्पनीले फोहोर संकलन र ढुवानीको काम गर्छन् । 

विगत १२ वर्षदेखि महानगरमा दर्ता नभएका गैरसरकारी तथा सरकारी संघसंस्थाहरूले आफूखुसी  फोहोरको शुल्क उठाउँदै आएको विभागीय प्रमुख राईले बताइन् । 

यस्तै महानगरले आफ्नो मातहतमा रहेका व्यवसायीलाई मापदण्डभित्र राख्न गृहकार्य गरिरहेको छ । आफूले लिएको नीतिअनुसार काम नहुँदा समस्या झन् जटिल बन्दै गएको महानगरको भनाइ छ । 

फाहोरमैला व्यवस्थापन महासंघ नेपालका महासचिव मित्र प्रसाद घिमिरेकाअनुसार महानगरपालिकासँग निजी क्षेत्रका कुनै पनि व्यवसायीहरू दर्ता छैनन् । 

“फोहोर उठाउने निजी क्षेत्रले महानगरपालिकासँग साधारण समझदारीको भरमा काम गरेको छ । सेवा शुल्क र विविधतामा कमजोरी हुनसक्छ । अहिले फोहोर उठ्न सकिरहेकै छैन । सत्तारूढ दलका कार्याकर्ताले ल्याण्डफिल साइट बन्द गरेका छन् । प्रहरीले रबरको गोली हान्छ । स्थानीयले गाडी तोडफोड गरेका छन् । प्रहरीको सुरक्षामा हाम्रा गाडीहरू अनलोड भइरहेका छन्,” उनले भने, “चालकको शरीरमा गुलेली लागेर दुःख पाएका छन् । तत्काल परिस्थिति अनुकुल हुन नसकेर काम हुन नसकेको हो । महानगरलाई नटेरेको होइन ।”

उनकाअनुसार ट्रकहरू ल्याण्डफिल साइटमा प्रवेश गरेबापत ३०० र ४०० रुपैयाँ प्रतिसवारी फोहोर विसर्जन शुल्क महानगरलाई तिरिन्छ । विभागीय प्रमुख राईकाअनुसार एक वर्षमा करिब २ करोड विसर्जन शुल्क संकलन भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC