देश
काठमाडौं । रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको काठमाडौंबाट एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित प्रेसटिज एचआर म्यानपावर प्रालीका सञ्चालक काठमाडौं बानेश्वर बस्ने रुपन्देही सैनामैना नगरपालिका–९ का ३९ वर्षीय छविलाल भट्टराई छन् ।
भट्टराईले कही व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि रोमानियाको प्रतिष्ठित कम्पनीमा आकर्षक जागिर लगाइदिने प्रलोभनमा पारी रकम लिइ गरी फरार थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९ १८:१५
प्रतिक्रिया दिनुहोस्