राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ ।
पार्टीका सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकको निर्णयानुसार प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भिडियो सन्देशमार्फत जानकारी गराएका छन् ।
“राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको महत्त्वपूर्ण निर्णयानुसार यसपटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उमेदवार मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहनेछ,” उनले भनेका छन्, “यति बेला हामी देशका सातै प्रदेशमा पुगेर भेला सम्पन्न भएको अवस्थामा छौँ...।”
भिडियो हेर्नोस्–
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९ १०:१८
प्रतिक्रिया दिनुहोस्