site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा पोलियो खोप अभियानमा आक्रमण, दुई सुरक्षाकर्मीको मृत्यु
SkywellSkywell

इस्लामावाद । पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा पोलियो खोप टोलीलाई सुरक्षा दिइरहेका दुईजना प्रहरीलाई बन्दुकधारीहरूले गोली हानेर हत्या गरेका छन् । 

खोप टोलीमा संलग्न दुई व्यक्ति भने आक्रमणमा सकुशल रहेको प्रहरीले जनाएको छ । 

Dabur Nepal
NIC Asia

पाकिस्तानमा स्थानीय पोलियो खोप टोलीहरूमाथि प्रायः खोप कार्यक्रम विरोधी लडाकुहरूले आक्रमण गर्ने गरेका छन् । उनीहरूले यस्ता अभियानलाई पश्चिम जगत्को मुस्लिम समुदायको प्रजनन क्षमता निष्क्रिय पार्ने षडयन्त्रको संज्ञा दिने गरेका छन् । 

विश्वमै पाकिस्तान र अफगानिस्तानमा अझै पोलियोका घटना देखिने गरेको छ । पक्षघात निम्त्याउने पोलियो रोग प्राणघातकसमेत हुनसक्छ । 

प्रहरीकाअनुसार आक्रमण पछि मोटरसाइकलमा भागेका दुईजना बन्दुकधारीले नजिकैबाट लुकेर गोली चलाएका थिए । 

यो घटना उत्तर पश्चिमी पाकिस्तानको ट्यान्क जिल्लाको कोट अजाम भन्ने स्थानमा घटेको हो । पाकिस्तानमा अहिले सम्म थुप्रै पोलियो अभियानकर्ता र उनीहरूको सुरक्षामा खटिनेहरूले यस्तो आक्रमणमा ज्यान गुमाइसकेका छन् । 

पन्ध्र महिनापछि पहिलो पटक अप्रिलमा एउटा पोलियोको घटना देखिएको पाकिस्तानले जनाएको छ । त्यसयता मात्र अफगानिस्तानको सिमानासँग जोडिएको र विगतमा तालिवानको बलियो पकड रहेको उत्तरी वाजिरस्तानमा थप १३ वटा पोलियोको घटना देखिएका छन् । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu