काठमाडौं । स्थानीयले आज पनि स्यानीटरी ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेका छन् ।
काठमाडौं उपत्यकाबाट फोहोरका गाडी नजाँदै अवरोध र माइकिङ सुरु गरिएको ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए ।
स्थानीयको अवरोध जारी रहेकाले प्रहरी परिचालन गरेर मात्रै फोहोरका गाडीहरु पठाइने बताए ।
“आज पनि स्थानीयको अवरोध जारी छ । सुरुमा प्रहरी परिचालन हुन्छ । त्यसपछि मात्रै फोहोरका गाडी पठाउने हो,” उनले भने ।
सोमबार काठमाडौं, धादिङ र नुवाकोट गरी तीन जिल्लाका २५० जना प्रहरी परिचालन गरेर २०३ ट्रक फोहोर विसर्जन गरिएको थियो । फोहोरमा अवरोध गर्ने आन्दोलनमा स्थानीय सत्तारुढ दलका नेता कार्यकता पनि स्थानीयसँग एकजुट भएका छन् ।