अर्थ व्यवसाय
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरास्थित अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन् । सोमबार उनी पोखरा पुगेर अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन् ।
“राष्ट्रपतिज्यू केवलकारबाट सराङकोटसम्म पुग्नुभयो,” अन्नपूर्ण केबलकारका प्रबन्ध निर्देशक दिनेश पौडेलले भने, “माथिबाट उहाँले हिमालको अवलोकन गर्नुका साथै पोखराका बारेमा पनि जानकारी लिनुभयो ।”
पोखराको सेदीबगरमा रहेको स्टेशनबाट सराङकोटसम्म पुग्न सकिने यस केवलकारमा राष्ट्रपति भण्डारीसँगै पोखराका मेयर धनराज आचार्यलगायतका व्यक्तित्वको पनि सहभागिता थियो ।
सराङकोटको डाँडाबाट माछापुच्छ्रेलगायतका थुप्रै मनोरम हिमाल हेर्न सकिन्छ ।
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९ २१:४०
प्रतिक्रिया दिनुहोस्