अर्थ व्यवसाय
काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिज प्रा.लिले साउनको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
शिविरमा नि:शुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफूल जुस लगायतका सेवा प्रदान गरेको थियो ।
विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनलाई १५० जना स्वयम्सेवकहरूले ८ स्थानमा सेवा प्रदान गरेको सिमेन्टले जानकारी दिएको छ ।
स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गरी दुई हजार जनाले सेवा लिएको सिमेन्टले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९ १७:३८
प्रतिक्रिया दिनुहोस्