site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बालेनको गुनासो– असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई फोहोर व्यवस्थापनमा असहयोग भइरहेको गुनासो गरेका छन् ।

बालेनले आइतबार साँझ सामाजिक सञ्जालबाट संविधानले परिकल्पना गरेको एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापविपरीत आफूलाई असफल बनाउने प्रयास भइरहेको गुनासो गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

"हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरीत एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ?," उनले भनेका छन् ।

फोहोर व्यवस्थापनको विषयलाई लिएर उनले राजनीति नगर्न पनि आग्रह गरेका छन् ।

Global Ime bank

"फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऊँ । राजनीति त्यस्तो हुँदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ," उनले भनेका छन् ।

आजै धादिङको धुनिवेँशी नगरपालिकाका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement