site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बिरुवाको रसबाट आफ्नै उपचार गर्ने ‘ओराङगुटान’

जकार्ता । इन्डाेसियामा एक ओराङगुटान उष्णप्रदेशीय एक बिरुवाबाट आफ्नो घाउको कसरी उपचार गर्न सकिन्छ भनेर परीक्षण गरिरहेको थियो । सो जंगलमै पाइने वनस्पतिबाट कसरी शान्ति प्राप्त गर्ने भन्नेबारेमा जनावरले गरेको प्रयासको रूपमा यसलाई लिइएको छ ।

वैज्ञानिकहरूले निरीक्षण गर्दा सुमात्राको राकुस नामको सो ओराङगुटानले औषधीजन्य बिरुवाको पात टिप्यो र चपाउन थाल्यो । दक्षिणपूर्वी एसियाका मानिस दुखाइ र सुन्निएको निको पार्नका लागि सो बिरुवाको पात प्रयोग गर्ने गर्दछन् । गालामा घाउ हुँदा वयस्क पुरुष ओराङगुटानले सो बिरुवाको रस औंलाको प्रयोग गरी गालामा लगाउँछ । त्यसपछि चपाइएको पातलाई थिचेर घाउमा अस्थायी ब्यान्डेज समेत बनाउँछ । 

बिहीबार सार्वजनिक गरिएको एक वैज्ञानिक रिपोर्टमा यसबारे उल्लेख गरिएको छ । यसभन्दा अघिका केही रिपोर्टमा पनि बाँदर प्रजातिका यसले जंगलमा पाइने कतिपय आहारा आफ्नो उपचारका लागि खाने गरेका थिए । तर, जनवारहरूले यसरी उपचार गरेको भने वैज्ञानिकले देखेका थिएनन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कुनै जनावरले सम्भावित औषधीजन्य बिरुवालाई प्रत्यक्षरुपमा प्रयोग गर्दै गरेको यो हामीले पहिलोपटक देखेका थियौँ,” जर्मनीको कोन्स्टान्जस्थित म्याक्स प्लान्क इन्स्टिच्युट अफ एनिमल बिहाभियरका बायोलोजिस्ट तथा रिपोर्टका सहलेखक इजाबेल लाउमरले भने । 

उनीहरुले गुनुङ्ग लिजर नेसनल पार्कमा देखेका थिए । इण्डोनेसियाको सुमात्रामा अनुसन्धाताहरूले राकुसलाई घाउ भएको २०२२ जुनमा देखेका थिए । उनीहरूलाई लागेअनुसार प्रतिद्वन्द्वी पुरुष ओराङगुटानसँगको झडपमा उसलाई चोट लागेको हो । सो अनुसन्धान टोलीका अनुसार राकुसले एउटा बिरुवाको पात चपाएको थियो । त्यसको नाम वैज्ञानिकहरुले फ्रिब्राउरिया टिन्क्टोरिया दिएका छन् । राकुसले त्यसलाई नखाइ मुखमा उसका औँला लगेर रस निकाली सोझै घाउमा लगाएको थियो । सो बिरुवालाई इण्डोनेसियामा अकर कुनिङ्ग भन्ने गरिएको छ । त्यसलाई ओराङगुटानले खाएको पाइन्छ । सो क्षेत्रको जंगल करिब १५० को संख्यामा जोखिमको सूचीमा रहेका ओराङगुटानको बास स्थान हो । 

तस्बिरमा देखाइएअनुसार सो जनावरको घाउ एक महिनामा निको भएको थियो । राकुस सन् १९८९ तिर जन्मेको विश्वास गरिएको छ । उसको अनुहारको दुवै तर्फ ठूला गाला छन्  । ऊ त्यो क्षेत्रको ओराङगुटानको प्रभावशाली पुरुष पात्र हो ।  वैज्ञानिकहरूले ओराङगुटानलाई १९९४ देखि नै गुनुङ्ग लिजर नेसनल पार्कमा निरीक्षण गरिरहेका छन् । 

“यो एकल निरीक्षण हो,” इमोरी युनिभर्सिटीका बायोलोजिस्ट जाकोबस दि रुदेले भने । “पटक पटकको निरीक्षणबाट हामी अक्सर उसका नयाँ व्यवहार सिक्न सक्छौं,” हालैको अध्ययनमा सहभागी नभएका उनले भने, “यो आफैँले आफ्नै उपचार गरे जस्तो हो । ओराङगुटानले सो बिरुवा घाउको लागि मात्र प्रयोग गर्छ, शरीरका अन्य समस्यामा प्रयोग गर्दैन ।”

अध्ययनका सहलेखक क्यारोलिन स्कुप्ली राकुसले औषधि लगाउने तरिका अरु ओराङगुटानबाट सिकेको हुनुपर्ने बताउँछन् । वैज्ञानिकहरूले बुद्धि भएका स्तनधारीहरूले उपचारका लागि त्यसरी बिरुवा प्रयोग गरेको विगतमा देखेका थिए ।

ब्रुनाई, इण्डोनेसिया र मलेसियासँग  जोडिएको बोर्नियो टापुका ओराङगुटानले औषधीजन्य बिरुवाको रस बनाएर शरीरको दुखाइ कम र परिजीवीहरूलाई धपाउने गरेको यसअघि मानिएको थियो ।  

यस्तै, विभिन्न क्षेत्रका  चिम्पान्जीले पनि उनीहरूको पेट सन्चो गराउनका लागि तीतो स्वाद भएका बिरुवाका दाना चपाएको निरीक्षण गरिएको थियो । चिम्पान्जीले पेटका परजीवीबाट छ्ुट्कारा पाउन केही खस्रा पातहरू सिँगै निलेको पनि देखिएको थियो । अलजजिरा
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्