site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
प्रहरी भ्यान दुर्घटना : यी हुन् दुई डीएसपीसहित घाइते प्रहरी
SkywellSkywell

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११, तल्लो सेरामा भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

नेपाल प्रहरीको लु१झ ६६० नम्बरको भ्यान आज बिहान करिब सवा ११ बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । भ्यान सडकबाट झन्डै १०० मिटर तल खसेको थियो ।

Dabur Nepal
NIC Asia

दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ, भ्यान चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी, भ्यानमा सवार प्रहरी जवान लक्ष्मण पुन, प्रहरी जवान सन्तोष बुढा र प्रहरी जवान इन्द्र घर्ती घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये चालक डाँगी, पुन र बुढाको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगन्जतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro