site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीन र थाइल्यान्डले संयुक्त सैन्य अभ्यास गर्दै
Siddhartha BankSiddhartha Bank

बैंकक । एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिलाई लिएर संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरू चिन्तित भएका बेला चीन र थाइल्यान्डले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।

संयुक्त अभ्यासका लागि चीनले आफ्ना लडाकु विमान थाइल्यान्ड पठाउने भएको छ । चिनियाँ वायुसेनाले आइतबार लडाकु र बमवर्षक विमान पठाउने सूचना सार्वजनिक गरेको छ । संयुक्त सैनिक अभ्यासमा हवाई सहयोग, स्थलगत लक्ष्यमा आक्रमण तथा सेनाको तैनाथी समावेश हुने चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ ।

Agni Group
NIC Asia

केही समयअघि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले थाइल्यान्डको भ्रमण गरेर यस क्षेत्रमा अमेरिकी गठबन्धन र साझेदारीको अनुपम सञ्जाललाई बलियो बनाउने प्रयास गरेका थिए ।

उत्तरी थाइल्यान्डको लाओसको सीमानजिक अवस्थित उडर्न रोयल थाई एयर फोर्सको आधार शिविरमा हुने संयुक्त अभ्यासमा दुवै देशका लडाकु विमान समावेश हुनेछन् ।

Global Ime bank

अमेरिकाले इन्डोनेसियामा अष्ट्रेलिया, जापान, इन्डोनेसिया र सिंगापुरसँग सन् २००९ मा सैन्य अभ्यास प्रारम्भ गर्दै आएको सन्दर्भमा चीनले पनि थाइल्यान्डसँग मिलेर त्यस्तै सैनिक तालिम सुरु गर्न लागेको हो ।

एक देश दुई शासन पद्धतिअनुसार शासन व्यवस्था सञ्चालन भएको स्वशासित चिनियाँ टापु ताइवानमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीनले ताइवानको वरपरको जलक्षेत्र र आकाशमा युद्धपोत र क्षेप्यास्त्रसहित सैन्य अभ्यास गरेको थियो । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय