site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाल इन्टरनेसनल थिएटर फेस्टिभलका लागि २२ देशका ८४ नाटक
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । मण्डला थिएटरको आयोजनामा ‘नेपाल इन्टरनेसनल थिएटर फेस्टिभल’को दोस्रो संस्करण हुने भएको छ । आउँदो नोभेम्बर २५ देखि डिसेम्बर २ तारिखसम्म दोस्रो संस्करण हुने तय छ । सन् २०१९ मा पहिलो संस्करण आयोजना गरिएको थियो ।

सन् २०२१ मा आयोजना गर्ने भनिएको दोस्रो संस्करण कोरोना महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो । योपटक महोत्सवको थिम ‘थिएटर फर सोसियल ट्रान्सफर्मेसन : सेलिब्रेटिङ डाइभर्सिटी’ रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोजकका अनुसार महोत्सवमा सहभागी हुनका लागि नेपालसहित चीन, जापान, नाइजेरिया, रुस, स्पेन, इटाली, श्रीलंका, भारत, पाकिस्तानलगायत २२ देशबाट ८४ नाटक प्राप्त भएको छ । त्यसमध्ये नेपालका मात्र १८ नाटक छन् ।

“हाम्रो यस वर्षको फेस्टिभलमा थिमअनुसारकै नाटकहरू आएका छन्, जुन एकदमै राम्रो कुरा हो । एसियन देशहरूमा भारत, श्रीलंका, बंगलादेशलगायत एउटा अर्मेनिया भन्ने देशबाट पनि आएको छ । हामीले यसअघि नसुनेको यो देशबाट पनि सहभागिता जनाउँदा हामी निकै खुुसी छौँ । केही देशहरूबाट एउटा–एउटा मात्रै नाटकहरू आएका छन् भने एउटै देशबाट पनि पाँच–१० वटासम्म पनि आएका छन्,” महोत्सवका संयोजक विजया कार्कीले भनिन् ।

Global Ime bank

अहिले नाटकहरूको ‘सर्ट लिस्टिङ’को काम भइरहेको छ । योपटकको महोत्सव थापागाउँस्थित मण्डलाको नयाँ भवनमा आयोजना हुनेछ । महोत्सवको निर्देशन सिर्जना सुब्बाले गर्दै छिन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !