site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘सुपर डान्सर नेपाल’को पावर्डबाई प्रायोजन र इन्टरनेट पार्टनरमा डिसहोम फाइबरनेट

काठमाडौं । आउने सातादेखि कान्तिपुर टेलिभिजनमा प्रसारण हुन लागेको ‘सुपर डान्सर नेपाल’को पावर्डबाई प्रायोजन र इन्टरनेट पार्टनरको जिम्मा डिसहोम फाइबरनेटले पाएको छ । यो जिम्मेवारी पाएसँगै २६ गते राति ९ बजेदेखि हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुने ‘सुपर डान्सर नेपाल’को पावर्डबाई प्रायोजन र इन्टरनेट पार्टनरको काम डिसहोमले गर्नेछ ।

‘सुपर डान्सर नेपाल’ भारतीय रियालिटी सोको फ्रेन्चाइज प्रोडक्ट हो । चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी सो ‘सुपर डान्सर नेपाल’को निर्णायकमा अभिनेता भुवन केसी, अभिनेत्री जसिता गुरुङ र कोरियोग्राफर सुरेन्द्र राई रहनेछन् ।

नेपालभरिका विभिन्न सहरहरू काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, र नेपालगञ्जलगायतमा फिजिकल अडिसन सम्पन्न भइसकेको छ । नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरूको प्रतिभाहरूलाईसमेत सहभागी गराउने उद्देश्यका साथ डिजिटल अडिसनसमेत गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको होस्टमा अभिनेता विल्सन बिक्रम राई र नृत्याङ्गना कविता नेपाली रहने छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro