site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सानिमा बैंकले पायो आईएफसीबाट २ अर्ब ५४ करोड ऋण
SkywellSkywell

काठमाडौं । सानिमा बैंक लिमिटेडले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट दुई करोड अमेरिकी डलर (आजको विनिमय दर अनुसार दुई अर्ब ५४ करोड ३२ लाख रूपैयाँ) ऋण प्राप्त गरेको छ ।

तरलता अभावलाई मध्यनजर गर्दै गत वर्ष नै यस्तो ऋण ल्याउन आईएफसीसँग सम्झौता गरेकोमा हाल उक्त ऋण उपलब्ध भएको बैंकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।  

Dabur Nepal
NIC Asia

लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्नमा उक्त ऋणले सहयोग गर्ने बताइएको छ । समावेशिता तथा दिगो विकासको सिद्धान्तमा आधारित रही बैंकले यो रकम उक्त क्षेत्रमा प्रवाह गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चल राज पाण्डेले जानकारी दिए ।

अहिलेको तरलताको असहज परिस्थितिमा पनि आईएफसीबाट प्राप्त रकमले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा कर्जा प्रवाह गर्न केही सहजता हुने पाण्डेको धारणा छ ।

हाल सानिमा बैंकले १२७ कार्यालय र १२० वटा एटीएमार्फत सेवा दिँदै आएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro