site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोटरसाइकल चोर विरुद्ध काठमाडौंमा प्रहरीको ‘अपरेसन बाइक हन्ट’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मोटरसाइकल चोर विरुद्ध प्रहरीको काठमाडौं प्रहरीले सञ्चालन गरेको ‘अपरेसन बाइक हन्ट’का क्रममा पाँचजना पक्राउ परेका छन् ।

काठमाडौंका बिभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको गुनासोपछि प्रहरीले उनीहरु विरुद्ध‘अपरेसन बाइक हन्ट’ चलाएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सो क्रममा प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानकै क्रममा थप एकजना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा नुवाकोट घर भई तार्केश्वर नगरपालिका– ढकालटार बस्ने विशाल तामाङ, राजन तामाङ  र दिनेश तामाङ छन् । उनीहरुको साथबाट चारवटा चोरीका मोटरसाइकल समेत बरामद भएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

Royal Enfield Island Ad

‘अपरेसन बाइक हन्ट’कै क्रममा रामशरण दमाई र धन बहादुर कार्कीको समेत  मोटरसाइकल चोरी गर्ने गिरोहसँग प्रत्यक्ष संलग्नता रहेको तथ्य खुलेपछि रामेछापबाट उनीहरुलाई समेत पक्राउ गरिएको छ ।

रामेछापबाट पक्राउ पर्नेहरुमा नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भई रामेछाप भागेका ४० वर्षीय राम शरण दमाई र  रामेछाप खाँडादेबी गाउँपालिका–२ का घनश्याम कार्की छन् । उनीहरुको साथबाट एक थान मोटरसाइकल बरामद भएको छ ।

दुवैलाई रामेछापबाट काठमाडौं ल्याइएको एसपी मैनालीले बताए । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता ऐन, ०७४ को परिच्छेद–२० को दफा २४१ अनुसार ‘चोरी सम्बन्धी कसूर’ मा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय राजधानीमा मोटरसाइकल र स्कुटर चोरीका घटना बढ्दो क्रममा छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro