site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीलाई मन लागे राष्ट्रिय गौरवको आयोजनामा राखौँ भन्ने हुनु हुँदैन : अध्यक्ष तिमिल्सिना
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजनाको निर्माणकार्य तोकिएकै समयमा सम्पन्न हुनुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताए । काममा ढिलाइ हुँदा लागत बढ्ने र ठूला आयोजनाको लागत बढ्दै जाँदा धान्न मुस्किल हुने भन्दै उनले समयमै आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सरकारले योजना गर्दा व्यावहारिक गर्न नसकेको भन्दै उनले त्यसलाई सच्याएर अघि बढ्न आवश्यक रहेको औँल्याए । राष्ट्रिय गौरवका आयोजनाको निश्चित परिभाषा, निश्चित अर्थ र महत्त्व हुनुपर्ने उनको भनाइ छ ।

उनले राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री, अर्थमन्त्री वा अरू मन्त्री र सरकारको पहुँचमा रहेका नेताहरूको मन परेको योजनालाई बनाउने कुरा हुन नहुने पनि बताए ।

Royal Enfield Island Ad

“...पहिलो कुरा त राष्ट्रिय गौरवका आयोजना भनेर भनिरहँदा राष्ट्रिय गौरवका आयोजनाको निश्चित परिभाषा र निश्चित अर्थ, महत्त्व हुनुपर्छ,” उनले भने, “प्रधानमन्त्रीलाई कहिले मन लाग्यो, यो राष्ट्रिय आयोजनामा राखौँ, अर्थमन्त्रीलाई मन लागे यो राष्ट्रिय आयोजनामा राखौँ, अरू मन्त्री, सरकारमा पहुँच हुने नेताले भनेर राख्ने भन्ने हुनु हुँदैन । त्यसकारण त्यसको निश्चित परिभाषाका साथ राष्ट्रिय गौरव भन्नलायक योजनालाई मात्रै राखौँ, नत्र छैन भने हटाऔँ ।”

अध्यक्ष तिमिल्सिनाले समयमै आयोजनाहरूको काम सकिएको छ वा छैन भन्नेबारेमा समितिले निगरानी बढाउनुपर्नेमा जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro