site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘लकडाउन’ले चीनको सान्यामा ८० हजार पर्यटक अड्किए
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बेइजिङ । कोभिड–१९ को प्रकोप रोक्न ‘लकडाउन’ घोषणा गरिएपछि चीनको हाइनान टापुको लोकप्रिय रिसोर्ट सहर सान्यामा करिब ८० हजार पर्यटक फसेका छन् ।

कोरोनाका कारण सार्वजनिक यातायात बन्द गरिएको छ । सहरभित्र मानिसको आवागमनमा शनिबार बिहानैदेखि रोक लगाइएको अधिकारीहरूले बताएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

फसेका पर्यटकले सात दिन त्यहीँ बस्नुपर्ने र छोड्नुअघि कोभिड–१९ का पाँच परीक्षणहरू पास गर्नुपर्ने अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

उपमेयर हे शिगाङले करिब ८० हजार पर्यटक सहरमा अड्किएको बताएका छन् । हाल सान्यामा रहेका सबै मानिसलाई स्थानीय समयानुसार शनिबार बेलुका ६ बजेपछि हाइनान प्रान्तबाट बाहिर निस्कन अनुमति नदिइएको प्रान्तीय अधिकारीहरूले बताए ।

Royal Enfield Island Ad

ग्रीष्मकालीन पर्यटन सिजनको समयमा लकडाउन घोषणा गरिएको हो । सान्या चीनको एक लोकप्रिय गन्तव्य हो । यो बलौटे समुद्री तटहरू, जंगलहरू र महँगा होटेलहरूका लागि चर्चित छ ।

शनिबार मात्र सान्या छोड्ने उडानहरूमध्ये ८० प्रतिशत उडान रद्द गरिएको छ । सान्याबाट प्रस्थान गर्ने सबै रेलहरू बन्द गरिएको राज्य प्रसारक सीसीटीभीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro