बेइजिङ । बेइजिङले आज पनि ताइवानको टापु वरिपरि क्षेप्यास्त्र प्रहार थालेको छ । आज दोस्रोपटक प्रहार गरिएको मिसाइलले ताइवान टापु पार गरेको छ ।
चीनको सैन्य सम्बद्ध राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका प्राध्यापक मेङ सियाङकिङले बेइजिङको क्षमताको सटिकताको प्रशंसा गर्दै क्षेप्यास्त्र ताइवान टापु पार गरेको यो पहिलोपटक भएको बताए । राज्य समर्थक सीसीटीभीसँग कुरा गर्दै उनले भने, “हाम्रो अभ्यासमा यसपटक प्रत्यक्ष फायरिङ परीक्षणहरू समावेश थिए र तिनीहरूले ताइवान टापु पार गरेका छन् ।”
"अहिलेको अभ्यासले चीनको जनमुक्ति सेनाको सबैभन्दा नजिकको अभ्यास देखाउँछ । यसको पहिलो घेरा र ताइवानको पूर्वमा पहिलोपटक सुटिङ निसाना इंकित गर्छ," मेङले थपे ।
सेनाले अभ्यासको क्रममा लडाकु र बम वर्षा गराउने यन्त्रसहित १०० भन्दा बढी युद्धविमानहरू तथा १० भन्दा बढी विनाशक र युद्ध पोतहरू लगेको चीनको आधिकारिक सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दै बेलायती समाचार संस्था द गार्जियन्सले उल्लेख गरेको छ ।
सिन्ह्वाका अनुसार चिनियाँ अभ्यासमा नौसेना, वायुसेना, रकेट फोर्स, रणनीतिक समर्थन बल र लजिस्टिक सपोर्ट फोर्सका सेनाहरू सहभागी छन् ।
मध्यरेखा एक अनौपचारिक तर पालन गरिएको सीमा हो जुन ताइवान स्ट्रेटको बिचमा छ । जसले ताइवान र चीनलाई अलग गर्छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले चीनको चेतावनीको बाबजुद ताइवान भ्रमण गरेपछि बिहीबारदेखि चीनले ताइवान वरिपरिको टापुमा आक्रमण सुरु गरेको छ ।
द गार्जियनबाट ।