site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिचानसहितको कोप कार्ड सेवा सुरु 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले सहकारीका लागि पहिचान सहितको कोप कार्डको सेवा सुरु गरेको छ । राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा उक्त कार्डको शुभारम्भ गरिएको हो ।

नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरुप यस स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा एटीएम कार्ड, स्मार्ट क्यूआर र मोवाइल बैंकिङमार्फत सेवा दिँदै आएकोे छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र सुविधा पुर्याउँदै आइरहेकोमा हाल बढ्दै गएको सहकारीको भूमिका र कारोबारसमेतलाई मध्यनजर गर्दै सहकारीहरूले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्नसक्ने प्रविधि र प्रकिया मिलाइएको बताइएको छ । 

विगत केही समय अगाडिदेखि एससीटीले १०० भन्दा बढी सहकारीहरूलाई कार्ड सेवा दिइसके पनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पुर्याउन राष्ट्रिय सहकारी बैंकको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरूलाई एउटै ब्राण्डको कोप कार्ड जारी गरी संचालनमा ल्याउन लागिएको हो । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेस प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटीएम/पोस जुनसुकै स्थानबाट सहजै चलाउन सकिनेछ । यस कोप कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय
सहकारी बैंकमार्फत सहकारीहरुले जारी गर्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro