देश
काठमाडौं । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उलाई रकमसहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९ १९:१०
प्रतिक्रिया दिनुहोस्