
काठमाडौं । काठमाडौंबाट मुम्बई जाँदै गरेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका व्यक्ति धनगढीका सुन व्यवसायी भएको खुलेको छ ।
प्रहरीले दिएको जानकारीअनुसार उनी धनगढीका व्यवसायी हुन् । पक्राउ परेका व्यक्ति धनगढीका सुन व्यवसायी सन्तोष लामिछाने भएको प्रहरीले जनाएको छ ।
आज दिउँसो १४१ जना यात्रु बोकेर मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट सबै यात्रु ओरालेर उनलाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौंबाट मुम्बईका लागि उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति चढेको सूचनाका आधारमासबै यात्रुलाई बाहिर निकालेर उनलाई नियन्त्रणमा लिइएको थियो ।
कैलाली प्रहरीले उनी अपराधिक गतिविधिमा आवद्ध रहेको सूचना दिएको थियो ।

उनी भारतबाट सुन चोरेर नेपाल आएको र फेरि मुम्बई भाग्ने योजनामा रहेको स्रोतले जनाएको छ ।