site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीन र ताइवानबीचको इतिहास के हो ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चीनको पटक–पटकको कडा चेतावनीका बाबजुद अमेरिकाको संसद्की सभामुख न्यान्सी पेलोसी मंगलबार राति ताइवान आइपुगेकी छन् । उनले बुधबार राष्ट्रपति साई इङ–वेनसँग उनकै कार्यालयमा भेट गरेकी छन् ।

भेटमा पेलोसीले अमेरिकाले ‘ताइवानलाई त्याग्ने छैन’ भनेर स्पष्ट रूपमा प्रस्ट पार्न भ्रमणमा आएको राष्ट्रपति साईलाई बताएकी छन् । “पहिलेभन्दा अहिले बढी ताइवानसँग अमेरिकाको ऐक्यबद्धता ‘महत्त्वपूर्ण’ छ,” उनले भनिन् ।

ताइवानको लोकतन्त्रको प्रशंसा गर्दै पेलोसीले भनिन्, “ताइवानमा लोकतन्त्र फस्टाउँदै गइरहेको छ । यसले विश्वलाई प्रमाणित गरेको छ कि आशा, साहस र दृढ संकल्पले चुनौतीको बाबजुद पनि शान्तिपूर्ण र समृद्ध भविष्य निर्माण गर्न सकिन्छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

चीन र ताइवानबीचको इतिहास के हो ?
ताइवानमा पहिलो बसोबास गर्नेहरू अस्ट्रोनेसियाली आदिवासी जनजाति थिए । जो आधुनिक समयको दक्षिणी चीनबाट आएका हुन् ।

यो टापु पहिलोपटक सन् २३९ मा चिनियाँ रेकर्डमा देखापरेको देखिन्छ । जति बेला एक सम्राटले त्यस क्षेत्रको अन्वेषण गर्न सेना पठाए । यो तथ्य बेइजिङले ताइवानमाथि आफ्नो क्षेत्रीय दाबीलाई समर्थन गर्न प्रयोग गर्ने गरेको छ ।

Royal Enfield Island Ad

नेदल्यान्ड्सले १७औँ शताब्दीमा केही समय (१६२४–१६६१) कब्जा गरेपछि यसलाई डच उपनिवेश भनिन्थ्यो । ताइवान १६८३ देखि १६९५ सम्म चीनको किङ राजवंशद्वारा प्रशासित थियो ।

१७औँ शताब्दीमा ठूलो संख्यामा आप्रवासीहरू चीनबाट आउन थाले । प्रायः अशान्ति वा कठिनाइबाट भाग्दै त्यहाँ आउँथे । फुजियान प्रान्तका होक्लो चिनियाँहरू वा हक्का चिनियाँहरू र ठूलो मात्रामा गुआङडोङका थिए । उनीहरूका सन्तानहरू अहिले टापुमा सबैभन्दा ठूलो जनसंख्या हुन् ।

सन् १८९५ मा जापानले पहिलो चीन–जापानबीचको युद्ध जित्यो र किङ सरकारले ताइवानलाई जापानमा सुम्पिनुपर्‍यो । दोस्रो विश्वयुद्धपछि जापानले आत्मसमर्पण गर्‍यो र चीनबाट लिएको क्षेत्रको नियन्त्रण त्याग्यो । गणतन्त्र चीन (आरओसी) युद्धमा विजयीहरूमध्ये एकले यसका सहयोगी राष्ट्रहरू अमेरिका र बेलायतको सहमतिमा ताइवानमा शासन गर्न थाल्यो ।

तर, त्यसपछिका केही वर्षहरूमा चीनमा गृहयुद्ध सुरु भयो । तत्कालीन नेता चियाङ काई–शेकको सेनालाई माओत्से तुङको कम्युनिस्ट सेनाले पराजित गर्‍यो ।

चियाङ र उनको कुओमिन्ताङ (केएमटी) सरकारका समर्थकहरू करिब १.५ मिलियन मानिस सन् १९४९ मा ताइवानतिर भागे ।

चियाङका छोरा चियाङ चिङ–कुओले सत्तामा आएपछि थप प्रजातन्त्रीकरणलाई अनुमति दिए । तर, उनको अधिनायकवादी शासनप्रति असन्तुष्ट स्थानीयले प्रतिरोध गरे । उनी बढ्दो प्रजातन्त्र आन्दोलनको दबाबमा परेका थिए ।

ताइवानको प्रजातन्त्रका पिता भनेर चिनिने राष्ट्रपति ली टेङ–हुईले संवैधानिक परिवर्तनहरूतर्फ नेतृत्व गरे, जसले अन्ततः सन् २००० मा टापुको पहिलो गैरकेएमटी राष्ट्रपति चेन शुई–बियानको निर्वाचनका लागि ढोका खुल्यो ।

ताइवानलाई कसले चिन्छ ?
ताइवान के हो भन्नेमा असहमति र भ्रम धेरैलाई छ । यसको आफ्नै संविधान, लोकतान्त्रिक रूपमा निर्वाचित नेताहरू र यसको सशस्त्र बलहरूमा करिब तीन लाख सक्रिय सैनिक छन् ।

निर्वासित चियाङको आरओसी सरकारले सुरुमा पूरै चीनको प्रतिनिधित्व गरेको दाबी गर्‍यो । जसलाई यसले पुनः कब्जा गर्न खोजेको थियो । यसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा चीनको सिट ओगटेको थियो । धेरै पश्चिमी राष्ट्रहरूले एक मात्र चिनियाँ सरकारको रूपमा मान्यता दिएका थिए ।

तर, १९७० को दशकमा केही देशहरूले तर्क गर्न थाले कि ताइपेई सरकार अब चीनको मुख्य भूमिमा बसोबास गर्ने करोडौँ मानिसको वास्तविक प्रतिनिधि मान्न सकिँदैन ।

त्यसपछि १९७१ मा संयुक्त राष्ट्रसंघले बेइजिङलाई कूटनीतिक मान्यता दियो र आरओसी सरकारलाई जबरजस्ती बाहिर निकाल्यो । सन् १९७८ मा चीनले पनि आफ्नो अर्थतन्त्र खोल्न थाल्यो । व्यापारका अवसरहरू र सम्बन्ध विकासको आवश्यकतालाई स्वीकार गर्दै अमेरिकाले सन् १९७९ मा बेइजिङसँग औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना गर्‍यो ।

त्यस बेलादेखि आरओसी सरकारलाई कूटनीतिक रूपमा मान्यता दिने देशहरूको संख्या लगभग १५ मा संकुचित भएको थियो ।

एक स्वतन्त्र राज्यको सबै विशेषताहरू र चीनभन्दा फरक राजनीतिक प्रणालीको बाबजुद कानुनी स्थिति ताइवानको अस्पष्ट छ ।

ताइवान र चीनबीचको सम्बन्ध कस्तो छ ?
सन् १९८० को दशकमा ताइवानले चीन भ्रमण र लगानीका नियमहरू खुकुलो पारेपछि सम्बन्धमा सुधार आउन थाल्यो । सन् १९९१ मा यसले जनवादी गणतन्त्र चीनसँगको युद्ध समाप्त भएको घोषणा गर्‍यो ।

चीनले तथाकथित ‘एक देश दुई प्रणाली’ विकल्प प्रस्ताव गर्‍यो । जसले बेइजिङको नियन्त्रणमा आउन सहमत भएमा ताइवानलाई महत्त्वपूर्ण स्वायत्तता दिनेछ । यो प्रणालीले १९९७ मा चीनमा हङकङको फिर्ती र बेइजिङले आफ्नो प्रभाव बढाउन खोज्दा हालसम्म यसलाई शासित गर्ने तरिकालाई बलियो बनायो ।

तर, ताइवानले प्रस्ताव अस्वीकार गर्‍यो र बेइजिङले ताइवानको आरओसी सरकार अवैध छ भनेर जोड दियो । यद्यपि, चीन र ताइवानका अनौपचारिक प्रतिनिधिहरूले अझै सीमित वार्ता गरे ।

त्यसपछि २००० मा ताइवानले चेन शुई–बियानलाई राष्ट्रपतिका रूपमा निर्वाचित गर्‍यो । चेन र उनको पार्टी डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)ले खुला रूपमा ताइवानको ‘स्वतन्त्रता’लाई समर्थन गरेका थिए ।

चेन २००४ मा पुनः निर्वाचित भएको एक वर्षपछि चीनले एक तथाकथित पृथकताविरोधी कानुन पारित गर्‍यो । उक्त कानुनमा यदि ताइवानले चीनबाट अलग हुन खोजे ताइवानविरुद्ध ‘अशान्तिपूर्ण माध्यम’ प्रयोग गर्ने चीनसँग अधिकार रहेको उल्लेख छ ।

चेनको उत्तराधिकारी केएमटीका मा यिङ–जेउले २००८ मा आर्थिक सम्झौताहरूमार्फत सम्बन्ध सुधार गर्ने प्रयास गरेका थिए । आठ वर्षपछि २०१६ मा ताइवानका वर्तमान राष्ट्रपति साई इङ–वेन जसले अहिले स्वतन्त्रताको पक्षमा रहेको केएमटीको नेतृत्व गरिरहेका छन्, निर्वाचित भए ।

२०१८ मा बेइजिङले अन्तर्राष्ट्रिय कम्पनीहरूमा दबाब बढयो । यदि, तिनीहरूले आफ्नो वेबसाइटमा ताइवानलाई चीनको हिस्साका रूपमा सूचीबद्ध नगरे चीनमा व्यापार गर्नबाट रोक्ने धम्की दिन थालियो ।

साईले २०२० मा दोस्रो कार्यकालमा कीर्तिमानी ८.२ मिलियन मतका साथ जितिन् । जसलाई बेइजिङका लागि व्यापक अपमानका रूपमा हेरिएको थियो । त्यतिन्जेलसम्म हङकङले चीनको बढ्दो प्रभावविरुद्ध विशाल प्रदर्शनकारीहरूसँग महिनौँको अशान्ति भोग्यो । त्यसलाई धेरै ताइवानीहरूले नजिकबाट हेरिरहेका थिए ।

त्यसपछि चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गर्‍यो । त्यो बेइजिङको दाबीको अर्को संकेत मानिन्छ ।

ताइवानमा स्वतन्त्रता कत्तिको मुद्दा हो ?
राजनीतिक प्रगति सुस्त भएको बेला बेइजिङ र ताइपेई र दुई अर्थतन्त्रबीचको सम्बन्ध बढेको छ । सन् १९९१ र मे २०२१ को अन्तसम्म चीनमा ताइवानको लगानी कुल १९३.५ बिलियन डलर रहेको ताइवानको आधिकारिक तथ्यांकले देखाउँछ ।

केही ताइवानीहरू चिन्ता गर्छन् कि उनीहरूको अर्थ व्यवस्था अब चीनमा निर्भर छ । यस्तै, अरू विश्वास गर्छन् कि घनिष्ठ व्यापारिक सम्बन्धले चिनियाँ सैन्य कारबाहीको सम्भावना कम हुनेछ । किनभने, सैन्य कारबाही भए चीनको आफ्नै अर्थ व्यवस्थामा पनि असर पर्नेछ । आधिकारिक रूपमा सत्तारूढ डीपीपी अझै पनि ताइवानको लागि औपचारिक स्वतन्त्रताको पक्षमा छ, । जबकि, केएमटी चीनसँग अन्ततः एकीकरणको पक्षमा छ ।

तर, अधिकांश ताइवानीहरू बीचमा कतै फसेको देखिन्छ । २०२२ को सर्वेक्षणले ५.२ प्रतिशत ताइवानीहरूले जतिसक्दो चाँडो स्वतन्त्रताको समर्थन गरेको पाइएको थियो । जबकि, १.३ प्रतिशत चाँडोभन्दा चाँडो मुख्य भूमि चीनसँग एकीकरणको पक्षमा थिए ।

चीन–ताइवान विभाजनसँग अमेरिकाको के सम्बन्ध छ ?
वासिङटनको लामो समयदेखिको नीति ‘रणनीतिक अस्पष्टता’को एक हदसम्म रहेको छ कि यदि चीनले ताइवानमा आक्रमण गरे यसले सैन्य हस्तक्षेप गर्ने बेलायती समाचार संस्था बीबीसीको टिप्पणी छ ।

आधिकारिक रूपमा अमेरिका ‘एक चीन’ नीतिमा अडिग छ । जसले केवल एक चिनियाँ सरकार बेइजिङलाई मान्यता दिन्छ र ताइपेईको सट्टा बेइजिङसँग औपचारिक सम्बन्ध छ ।

तर, यसले ताइवानलाई रक्षात्मक हतियारहरू आपूर्ति गर्ने वाचा पनि गरेको छ । चीनले कुनै पनि आक्रमण गरे गम्भीर चिन्ता हुने कुरामा जोड दिएको छ ।

मे २०२२ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले ताइवानलाई सैन्य रूपमा रक्षा गर्नेछ भन्ने प्रश्नमा सकारात्मक जवाफ दिए । त्यसलगत्तै ह्वाइट हाउसले तुरुन्तै स्पष्ट गर्‍यो कि ताइवानमा अमेरिकी अडान परिवर्तन भएको छैन । अमेरिकाले एक चीन नीतिमा आफ्नो प्रतिबद्धता दोहोर्‍याएको थियो । यसले ताइवानका लागि सैन्य समर्थनमा बाइडेनको अघिल्लो आफ्नै भनाइको विरोधाभास भएको छ ।

ताइवानको मुद्दाले पनि अमेरिका र चीनबीचको सम्बन्धमा तनाव उत्पन्न भएको छ । बेइजिङले ताइपेईका लागि वासिङटनबाट कुनै पनि कथित समर्थनको निन्दा गरेको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro