देश
काठमाडौं । झापाको गौरदह नगरपालिका–९ स्थित कमलखोलामा हिजो पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय उज्ज्वल खरेलको शव सशस्त्र प्रहरीले फेलापारी खोलाबाट बाहिर निकालेको छ ।
कमल गाउँपालिका–१ बस्ने खरेल सो खोलामा पौडी खेल्दाखेल्दै एक्कासि बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरीले आज बिहान सोही ठाउँमा करिब २० फिट गहिरो पानीमुनि उनको शव फेलापारेको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९ १२:३८
प्रतिक्रिया दिनुहोस्