site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
गोलकिपर किरणले सार्वजनिक गरे प्रेमिका 
SkywellSkywell

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले सोमबार क्लबको उपाधि ‘सेलिब्रेसन’का क्रममा प्रेमिकालाई सार्वजनिक गरेका छन् ।

माल्दिभ्सको शीर्ष डिभिजन धिवेही प्रिमियर लिगको उपाधि जितेपछि सेलिब्रेसन गर्ने क्रममा किरणले प्रेमिका कञ्चन निरौलालाई मैदानमै लगेर औँठीसहित प्रेम प्रस्ताव गरेका थिए ।

Dabur Nepal
NIC Asia

प्रेमिकालाई औँठी लगाइदिएको भिडियो राख्दै उत्कृष्ट गोलकिपर घोषित किरणले लेखेका छन्, “मैले तिमीलाई रोजेको छु । र, बारम्बार रोजिरहनेछु । बिनाविराम, मुटुको धड्कनमा शंका नगरी तिमीलाई रोजिरहनेछु । मेरो जीवनमा आएर मेरो उतार–चढावमा साथ दिएकोमा धन्यवाद भन्न चाहन्छु । कठिन र अप्ठ्यारो परिस्थितिमा पनि तिमीले मलाई पागलजस्तो हँसाउन सक्छौ । इमानदारपूर्वकभन्दा मलाई खुसी बनाएकी छौ ।अद्भुत र अविस्मरणीय समय हो । म यो दिन मेरो अन्तिम साससम्म बिर्सने छैन ।”

कञ्चन एयर होस्टेज रहेको बताइएको छ । कञ्चन र किरण पछिल्लो डेढ वर्षयता सम्बन्धमा रहेको बताइएको छ ।

किरण आबद्ध माजिया स्पोर्ट्स एन्ड रिक्रिएसनले सोमबार क्लब इगल्समाथि ५–० को नतिजा निकाल्दै उपाधि जितेको थियो । उपाधि ट्रफी वितरणपछि टिमका सबैजनाले खुसी मनाइरहेका थिए ।

त्यही बेला किरणले मैदानबाहिर रहेकी कञ्चनलाई बोलाएर टिमले सेलिब्रेसन गरेको ठाउँमा लगे । साथीसँग औँठी मागे । एउटा घुँडा मैदानमा टेकेर कञ्चनलाई प्रस्ताव राखे । उनको प्रस्तावलाई कञ्चनले स्वीकार गरिन् । किरणले औँठी लगाइदिएर कञ्चनको हातमा चुमे ।

किरणले यसअघि सन् २०१८ को लिगमा पनि उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro