site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विप्लव र प्रकाण्डलाई ललितपुरबाट पक्राउ पुर्जी जारी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित अन्य नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललितपुर जिल्ला अदालतले आज उनीहरुविरुद्ध पुर्जी जारी गरेको हो । उनीहरुविरुद्ध हातहतियार तथा खरखजाना कर्तव्य ज्यानविरुद्धको मुद्दा छ ।

Agni Group
NIC Asia

प्रहरीका अनुसार प्रतिबन्धको समयमा एनसेल कार्यालय अगाडि विप्लव समूहले राखेको बम विस्फोट हुँदा एकजनाको ज्यान गएको थियो । सोही घटनालाई लिएर प्रहरीले मुद्दा चलाएको थियो । घटनाको जिम्मेवारी विप्लव समूहले लिएको थियो ।

अदालतले एक सूचनामार्फत भनेको छ, “२०७९/०४/०६ गतेको आदेशानुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८(१३) बमोजिम यो ३५ (पैंतीस) दिने पक्राउ पुर्जी प्रकाशित गरिएको छ ।”

Global Ime bank

सूचना प्रकाशित भएको मितिले यो ३५ दिनभित्र अदालतमा उपस्थित नभएमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम कारबाही हुनेसमेत सूचनामा उल्लेख छ ।

विप्लवमाथि हातहतियार तथा खरखजाना मुद्दा लगाइएको छ । यसबाहेक पदम बहादुर राई, खड्गबहादुर विश्वकर्मा, सन्तोष बुढामगर, नवीन विश्वकर्मा लगायत २० जनाविरुद्ध पुर्जी जारी गरिएको छ ।

पक्राउ पुर्जी जारीबारे प्रहरीलाई आधिकारिक जानकारी नआएको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu