site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

रुपन्देही । गाडी किनेको पैसा दिने बहानामा फकाइ अर्घाखाँची पुर्‍याएर रुपन्देहीका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३, बेलवास बस्ने ४४ वर्षीय पाण्डेको शनिबार शव भेटिएपछि हत्या भएको पुष्टि भएको हो । पाँच दिनदेखि सम्पर्कविहीन पाण्डेको अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ मा पर्ने डाँडाकटेरीस्थित सिद्ध सामुदायिक वनमा शव भेटिएको छ ।

हत्याको आरोपमा पाणिनी–२ घर भई हाल सैनामैना नगरपालिका–६, कलौनी बस्ने ४३ वर्षीय दीपक भनिने गौतमलाई प्रहरीले पक्राउ गरेको छ । गौतमले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

घटनापछि फरार रहेका गौतमलाई नेपाल–भारत सिमाना बेलहियाबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

गौतमलाई बिक्री गरेको लु१ख ७७८१ नम्बरको ट्रक पास गर्न भनी हिँडे पनि सोही दिनदेखि पाण्डे सम्पर्कमा नआएपछि छोरी शीलाले प्रहरीमा उजुरी गरेकी थिइन् । यही साउन ११ गते इलाका प्रहरी कार्यालयमा निवेदन दिएपश्चात् खोजतलासका क्रममा पाण्डेको शव भेटिएको हो ।

प्रहरीका अनुसार गौतमले पाण्डेको नाममा रहेको लु१ख ७७८१ नम्बरको ट्रक १६ लाख रुपैयाँ मूल्य कायम गरेपछि दिने सर्तमा नामसारी गरेकामा उक्त पैसा र घर निर्माण गर्दाको ऋण, मोटरपार्ट्स सञ्चालन गर्दा लागेको ऋणका कारण ट्रकको पैसा बुझाउन नसकिने देखेपछि हत्या गर्ने योजना बनाएका बताइएको छ ।

गौतमले योजनाबद्ध रूपमा यही साउन ९ गते पाण्डेलाई अर्घाखाँचीस्थित घरमा गएर पैसा दिने भन्दै फकाइ लिएर गएकामा भोलिपल्ट घरबाट कालिज मार्न भनी जंगलमा लगी पछाडिबाट टाउकोमा फलामको रडले प्रहार गरेर हत्या गरी सोही स्थानमा रहेको भिरबाट तल खसालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रमुख प्रहरी नायब उपरीक्षक केसीले बताए ।

पाण्डेको हत्यापछि अघिल्लो दिन प्रहरीको सम्पर्कमा पुगेका आरोपित गौतम अर्को दिन फरार भएका थिए । “पाण्डेकी छोरी शीलालाई फोन गरेर ‘मलाई तनाव भयो, म अब तिम्रो नाममा आत्महत्या गर्छु’ भनेर हिँडेका थिए, शव भेटिएको भोलिपल्ट प्रहरीले पक्राउ गर्‍यो,” पाण्डेका आफन्त पुष्कर पाण्डेले भने । पाण्डेलाई योजनाबद्ध तरिकाले अपहरण गरी अर्घाखाँची पुर्‍याएर हत्या गरिएको परिवार तथा आफन्तको आरोप छ ।

गौतमले सुनियोजित रूपमा विष्णु पाण्डेसँग किनेको गाडीको पैसा अर्घाखाँची गएर दिन्छु भनी बुटवलबाट अपहरण गरी अर्घाखाँची पुर्‍याएर हत्या गरेको मृतकका आफन्त उमेश कुँवरको दाबी छ । “हामीलाई पाण्डेको साथी गौतममाथि शंका लागेर प्रहरीमा उजुरी दिएका थियौँ । तर, प्रहरीले पहिले उनलाई सामान्य सोधपुछ गरेर मात्रै छाड्यो । आखिर उनैले हत्या गरेको प्रमाणित भयो,” कुँवरले भने ।

आरोपित गौतमले हत्या गर्न प्रयोग गरेको फलामको रड जय मोटर पार्ट्समा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले फेलापारेको छ । पाण्डेको शव सडकदेखि करिब ८०० मिटर दूरीमा सिद्ध सामुदायिक वनको नेवारेखोलानजिक शरीरमा भित्री टिसर्ट र भित्री वस्त्र मात्रै लगाएको अवस्थामा भेटिएको थियो ।

टाउकोमा गहिरो चोटपटक, अनुहार तथा शरीरमा नीलडाम समेत रहेको अवस्थामा प्रहरी र स्थानीयवासीले पाण्डेको शव फेलापारेका थिए । शव भेटिएपछि पाण्डेका दाजु तेजबहादुर पाण्डेले अपहरण गरी शरीर बन्धक बनाएर हत्या गरेको जनाउँदै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन् ।

आइतबार इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरी उनले घटनामा निष्पक्ष अनुसन्धान गरी न्याय दिन अनुरोध गरे । आरोपितले मृतकको नामबाट आफ्नो नाममा गाडी पास गरी रकम समेत नदिएकाले उक्त गाडी समेत बरामद गरी परिवारलाई दिनुपर्ने तेजबहादुरको भनाइ छ । साथै, मृतकका छोराछोरीको पालनपोषण, शिक्षादीक्षा, स्वास्थ्योपचारको व्यवस्था गराई क्षतिपूर्ति समेत दिलाउन परिवारको माग छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ०७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro