site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफैँले बनाएको बजेट कार्यान्वयन गर्ने अवसर पाएँ, गठबन्धनलाई धन्यवाद : अर्थमन्त्री शर्मा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले ल्याएको बजेट कार्यान्वयन गर्ने अवसर पाएकोमा गठबन्धनका नेताहरूलाई धन्यवाद दिएका छन् । आज मन्त्रालयमा दोस्रो कार्यभार सम्हाल्दै शर्माले आफ्नो ध्यान चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा केन्द्रित हुने बताए ।

“चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न अवसर दिनुभएकोमा प्रधानमन्त्री, मेरा अध्यक्ष प्रचण्ड र गठबन्धन दलका नेताहरूलाई धन्यवाद दिन चाहान्छु,” उनले भने, “मेरो गत वर्षका बजेटमा हाम्रो कहाँ कहाँ कमजोरी भयो त्यसलाई समीक्षा गरेर हामी यो वर्षको बजेट कार्यान्वयनमा जुट्नेछौँ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यस्तै यो वर्षको बजेट बजेट उत्पादन वृद्धि, आयात प्रतिस्थापन र विदेशी विनिमय सञ्चितिमा वृद्धि गर्नतर्फ केन्द्रित भएको पनि उनको भनाइ थियो ।

शर्मालाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरेका थिए ।

Royal Enfield Island Ad

शर्माले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि उनले गएको असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

उनीबारे छानबिन गर्न संसदीय छानबिन समिति बनेको थियो । तर, संसदीय छानबिन समितिले ’क्लिन चिट’ दिएपछि उनी फेरि अर्थमन्त्री बनेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro