site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अस्थायी, करारका कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा हटाइयो : एमाले
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)ले सरकारले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गरिरहेको आरोप लगाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले आज विज्ञप्ति जारी गर्दै सरकार कर्मचारीलाई हतोत्साहित गर्ने बाटोमा लागेको आरोप लगाएका छन् । “वर्तमान गठबन्धन सरकार स्थायी कर्मचारीको यो संयन्त्रलाई हतोत्साही बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने बाटोमा लागेको छ । नयाँ आर्थिक वर्षको थालनीसँगै संघ, प्रदेश र स्थानीय सरकारहरूले अस्थायी, ज्यालादारी र करारमा कार्यरत हजारौं कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गर्न थालेको कुराप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

Dabur Nepal
NIC Asia

एमालेले निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीलाई विधि र प्रक्रियाविपरीत हटाएको आरोप लगाएको छ । प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्नेगरी सरकारले काम गरेको भन्दै विरोध पनि गरेको छ ।
 
बहालमा रहेका सबै कर्मचारीलाई नियमित रुपमा काम गर्न पाउने गरी पेशागत सुरक्षा सुनिश्चित गर्न एमालेले सरकारसँग माग पनि गरको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu