site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेसँग गठबन्धन हुने ‘च्याप्टर क्लोज’ : प्रचण्ड
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आउँदो निर्वाचनसम्म जाने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा उनले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताएका हुन् ।

उनले बरु गठबन्धनभित्रै समाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने बताएका थिए । विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मआलोचना नगरेका कारण नेकपा (एमाले)सँग गठबन्धन हुने ‘च्याप्टर क्लोज’ भएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “हामी अहिले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ । यसैलाई बढी सुदृढ बनाएर निर्वाचनमा जानुपर्छ ।”

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको सांगठनिक जीवन एवं अवस्थालगायत विषयमा छलफल भएको थियो ।

Global Ime bank

बैठकमा अध्यक्ष प्रचण्डले संविधानको रक्षा, शान्ति, संविधानको सम्वद्र्धनका लागि स्थापना भएको गठबन्धनलाई बलियो बनाउने विषय नै यतिखेरको प्रमुख आवश्यक विषय भएको बताएका थिए ।

नेता गिरिराजमणि पोखरेलका अनुसार बैठक शुक्रबार बिहान पुनः बस्ने गरी स्थगन भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय