राजनीति
काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) संविधान संशोधन गर्ने विषयमा सहमति नजिक पुगेका छन् । स्रोतका अनुसार दुई दलबीच संविधान संशोधनमा स्थानीय तहको संख्या घटाएर वडाको संख्या बढाउने विषयमा छलफल भएको छ ।
यसैगरी, प्रदेशको समानुपातिक व्यवस्था खारेज गर्ने, संघमा पनि राष्ट्रियसभामा समानुपातिक व्यवस्था गर्ने प्रदेश प्रमुखलाई केन्द्रबाट तोक्ने, प्रदेशको संख्यामा पनि पुनरवलोकन गर्ने, राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनेसहितमा सहमति खोज्ने प्रयास भइरहेको छ ।
दुवै दलले आजै समझदारीलाई अन्तिमरूप दिने तयारी गरेका छन् । त्यसका लागि दुई पक्षका नेताहरू घनिभूत छलफलमा छन् ।
प्रकाशित मिति: सोमबार, असार १७, २०८१ २३:०२
प्रतिक्रिया दिनुहोस्