काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नारायणघाट–बुटवल सडक आयोजनाको ठेक्का रद्द गर्ने चेतावनी दिएका छन् ।
बुधबार प्रतिनधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले नारायणघाट–बुटवल सडक आयोजनाको काम निराशाजनक रहेको भन्दै एकपटक पुनः निर्देशन गर्ने र नमाने ठेक्का रद्द गर्ने चेतावनी दिएका हुन् ।
उनले आयोजनाको ठेक्का रद्द गर्दा लागत बढ्ने लगायतका जटिलता भोग्नुपरे पनि उपलब्धिमूलक निर्माण हुन नसके ठेक्का तोड्ने बताए ।
राईले सडक विभागका महानिर्देशक र सचिवलाई सांसदहरूले चासो राखेर जिज्ञासा गरेका आयोजनाको तत्काल समाधान गर्नपनि निर्देशन दिए । उनले काठमाडौं उपत्यका लगायत मन्त्रालयको क्षेत्राधिकार भित्रपर्ने कुनैपनि सडक मर्मतका समस्या समाधानका लागि मन्त्रालय तत्पर रहेको पनि बताए ।