अर्थ व्यवसाय
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई चक्रवर्ती मुद्दति योजना’ सार्वजनिक गरेको छ ।
उक्त मुद्दति निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दति निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकको चाहना बमोजिम सो भन्दा अझ बढी हुने बैंकले जनाएको छ ।
यो योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागु हुनेछ । यो मुद्दति निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ । यसले ग्राहकलाई आफ्नो निक्षेपको उच्चतम् प्रतिफल प्राप्त गर्न टेवा पुर्याउने विश्वास लिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९ ११:०२
प्रतिक्रिया दिनुहोस्