site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाइजेरियाकी अमुसनले बनाइन् विश्व कीर्तिमान
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नाइजेरियाकी टोबी अमुसनले एथलेटिक्सको विश्व च्याम्पियनसिपमा १०० मिटर हर्डल्सको सेमिफाइनलमा नयाँ विश्व कीर्तिमान कायम गरेकी छन् ।

२५ वर्षीया अमुसनले १२.१२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कीर्तिमान रच्न सफल भएकी हुन् । उनले यसअघि अमेरिकाकी केन्द्रा ह्यारिसनको नाममा रहेको १२.२० सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसअघि, उनले शनिबार हिट चरणमा १२.४० सेकेन्डमा दूरी पार गर्दै अफ्रिकी कीर्तिमान बनाएकी थिइन् ।

अमुसनले फाइनलमा स्वर्णपदक जित्न पनि सफल भएकी छन् । उनले १२.०६ सेकेन्डमा दूरी पूरा गरे पनि हावाको गति आवश्यकताभन्दा बढी भएका कारण यसलाई विश्व कीर्तिमानमा राखिएन । जमैकाकी ब्रिटनी एन्डरसनले १२.२३ सेकेन्डमा दूरी पार गर्दै रजत जितिन् । १२.२३ सेकेन्डमै दूरी पूरा गरेकी ओलम्पिक च्याम्पियन ज्यास्मिन कामाचो–क्विनले रजतपदक जितिन् ।

Royal Enfield Island Ad

पुरुष पोल भल्टमा स्वीडेनका अर्मान्ड डुप्लान्टिसले विश्व कीर्तिमान बनाउँदै स्वर्ण जिते । उनले ६.२१ अंक ल्याएका थिए । अमेरिकाका क्रिस्टोफर लिल्सेन दोस्रो र फिलिपिन्सका अर्नेस्ट जोन ओबिएना तेस्रो भए ।

महिला लङ जम्पमा जर्मनीकी मलाइका मिहाम्बोले स्वर्ण जितिन् । नाइजेरिकाकी इसे ब्रुमे रजत र ब्राजिलकी लेटिसिया ओरो मेलोले कास्यपदक जिते ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro