विशेष
काठमाडौं । यो वर्ष भोलि गठेमंगल र साउन १७ गते नागपञ्चमी पर्व मनाइँदै छ । बजारमा यी पर्वलक्षित व्यापार सुरु भइसकेको छ ।
सोमबार काठमाडौंको मरुटोलमा गठेमंगलका लागि विभिन्न धातुका औँठी र नागपञ्चमीका लागि नागको चित्र किनबेचमा व्यापारी र ग्राहक व्यस्त देखिए ।
गठेमंगलका दिन मानिसले धातुको औँठी लगाउने चलन छ । नागपञ्चमीका दिन नागदेवताको पूजा–आराधना गरी घरघरका ढोकामा नागको चित्र टाँस्ने गरिन्छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९ ०९:४०
प्रतिक्रिया दिनुहोस्