site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतलाई एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला
Sarbottam CementSarbottam Cement

काठमाडौं । अक्षर पटेलको अलराउन्ड प्रदर्शनप्रेरित भारतले आइतबार राति वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दुई विकेटले हराएको छ । योसँगै भारतले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला २–० ले जितेको छ ।

ट्रिनिडाडस्थित क्विन्स पार्क ओभलमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको थियो । ३१२ रनको लक्ष्य भारतले दुई बल बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतका अक्षर पटेलले अविजित ६४ रन बनाए । पटेलले ३५ बलमा तीन चौका र पाँच छक्का प्रहार गरेका थिए । श्रेयस ऐयरले ६३ रन जोडे । सन्जु सामसनले ५४ रनको योगदान गरे । शुभमन गिलले ४३, दीपक हुडाले ३३ रन जोडे । शिखर धवनले १३ र आभास खानले १० रन बनाए ।

वेस्ट इन्डिजका अल्जारी जोसेप र केली मेयर्सले समान दुई विकेट लिए । जायदेन सिल्स, रोमारियो शेफर्ड र अकिल होसेनको नाममा एक/एक विकेट रह्यो ।

Global Ime bank

त्यसअघि, वेस्ट इन्डिजका लागि शाई होपले ११५ रन बनाए । वेस्ट इन्डिजबाट १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका होपले १३५ बलमा आठ चौका र तीन छक्का प्रहार गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा होपको यो १३औँ शतक हो ।

वेस्ट इन्डिजका कप्तान निकोलस पुरनले ७४, काइल मायर्सले ३९, शामरहब्रुक्सले ३५ रन बनाए । रोभमन पावेलले १३ रन जोड्दा शेफर्डले अविजित १४ रन बनाए ।

भारतका शार्दुल ठाकुरले तीन विकेट लिए । हुडा, पटेल र युजभेन्द्र चाहलले एक/एक विकेट लिए ।

वेस्ट इन्डिज भ्रमणमा भारतले अन्तिम एकदिवसीय खेल आउँदो बुधबार खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !