site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सन् २०२५ भन्दा पहिले चीनको जनसङ्ख्या घट्ने अनुमान

बेइजिङ। चीनको जनसङ्ख्या उल्लेखनीय रूपमा घट्ने भएको छ । राज्य समर्थित ग्लोबल टाइम्सले एक वरिष्ठ स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै सन् २०२५ भन्दा अगाडि नै संकुचित हुन थाल्ने अपेक्षा गरिएको छ ।

आइतवार ढिलो सार्वजनिक गरिएको रिपोर्टमा चीनको जन्म तथ्याङ्क सन् २०२१ मा नयाँ जन्मिने संख्या धेरै प्रान्तहरूमा दशकहरूमा सबैभन्दा कम रहेको रोयटर्सले जनाएको छ।

Argakhachi Cement Island Ad

मध्य हुनान प्रान्तमा जन्मेको संख्या झण्डै ६० वर्षमा पहिलो पटक  पाँचलाख भन्दा तल झरेको ग्लोबल टाइम्सले जनाएको छ। चीनको दक्षिणी गुवाङ्डोङ प्रान्तमा मात्रै १ मिलियनभन्दा बढी नयाँ जन्म भएको बताइएको छ।

चीनले प्राकृतिक जनसंख्या वृद्धिको घट्दो दरलाई उल्टाउन संघर्ष गरिरहेको छ । धेरै युवाहरूले उच्च लागत र कामको दबाब लगायतका कारणहरूले सन्तान नजन्माउने गरेको रिपोर्टमा उल्लेख छ ।

नेशनल हेल्थ कमिसनका जनसङ्ख्या र पारिवारिक मामिला प्रमुख याङ वेन्झुआङलाई उदृत गर्दै ग्लोबल टाइम्सले सन् २०२१-२०२५ मा चीनको जनसङ्ख्या घट्न थाल्ने अपेक्षा गरेको छ।

गत वर्ष चीन सरकारले महिलाहरूलाई तीन सन्तान जन्माउन अनुमति दिने कानुनमा परिवर्तन गरिए पनि मदत हुन सकेको छैन । धेरै महिलाहरूले परिवर्तन धेरै ढिलो आएको र उनीहरूसँग पर्याप्त रोजगारी सुरक्षा र लैङ्गिक समानता नरहेको बताउछन् ।

स्रोत: रोयटर्स

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०८:५५
प्रतिक्रिया दिनुहोस्