site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साफ यू–२० च्याम्पियनसिप : नेपाल र माल्दिभ्स भिड्दै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली युवा टोलीले आज साफ यू–२० च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ ।

नेपाल र माल्दिभ्सबीचको खेल भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यो प्रतियोगिता यसपटक २० वर्षमुनिको उमेर समूहमा हुन लागेको हो । नेपालले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । पछिल्लो संस्करणको उपाधि भारतले जितेको थियो ।

प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउन्ड रोबिन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।

Global Ime bank

नेपालका कप्तान आयुष घलानले आफूहरू बिनादबाब खेल्ने बताएका छन् । आइतबार भारतको भुवनेश्वरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “यस प्रतियोगिताका लागि धेरै कडा मिहिनेत गरेका छौँ । पहिलो खेल माल्दिभ्ससँग छ । अन्तिम समयसम्म हामी हिम्मत हार्ने छैनौँ । हामीले यहाँ गुमाउनु केही छैन । त्यसकारण बिनादबाब खेल्नेछौँ । ३ अंक लिएर हामी सुखद सुरुआत गर्न चाहन्छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय