site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गंगालालमा मुटुको शल्यक्रियाका लागि पुगेका बिरामी धमाधम फर्काइँदै

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पछिल्ला केही दिनयता इमर्जेन्सीबाहेक मुटुको शल्यक्रिया सेवा स्थगित भएको छ ।

अस्पतालमा मौज्दात रहेको अक्सिजेनेटर सकिएपछि भर्ना भएका बिरामीलाई समेत फिर्ता पठाइएको छ । नयाँ बिरामी भर्ना लिइएको छैन । भर्ना भएका मध्ये बुधबारसम्म ४५ बिरामीलाई अन्यत्र पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।

अक्सिजेनेटर छिटो ल्याउन सक्दो प्रयास गर्दै छौँ : निर्देशक 
केही महिनायता विश्व बजारमा नै अक्सिजेनेटरको अभाव भएका समाचारहरू आइरहेका छन् । यही जुलाई पहिलो साता भारतका अस्पतालहरूमा अक्सिजेनेटर अभाव भएपछि ठूलो संख्यामा ‘ओपन हार्ट सर्जरी’ प्रभावित भएको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका थिए ।

विश्वव्यापी अभावको प्रभाव नेपालमा पनि परेकाले अक्सिजेनेटर समयमा आइनपुगेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारी बताउँछन् ।

“पहिलो कुरा, हामीले आकस्मिक शल्यक्रिया रोकेका छैनौँ । बालबालिकामा प्रयोग हुने अक्सिजेरेटर अहिले पनि हामीसँग छ, अन्य बिरामीलाई मात्र भर्ना लिन नसकिएको हो,” डा. अधिकारी भन्छन्, “अक्सिजेरेटर सबैतिर अभाव छ । हामीले छिटोभन्दा छिटो ल्याउन सबै प्रयास जारी राखेका छौँ ।”

अहिलेसम्मको अवस्था हेर्दा तत्काल अक्सिजेरेटर ल्याउन सक्ने सम्भावना कम रहेको उनले बताए ।

मुटुको शल्यक्रियामा अक्सिजेनेटर किन अत्यावश्यक ? 
ओपन हार्ट सर्जरीका क्रममा अक्सिजनेटरले कार्बन डाइअक्साइड हटाउँछ र रक्तसञ्चारमा अक्सिजन थप्छ । त्यसपछि धमनीहरूमा फर्किन्छ ।

पछिल्लो समय रुस–युक्रेन युद्धका कारण मेडिकल सामग्रीहरूको उत्पादन र आयातमा विश्वभर नै प्रभाव परेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दैनिक १० जनासम्मको ओपन हार्ट सर्जरी हुने, मुटुको शल्यक्रियाका लागि मुलुककै प्रमुख अस्पतालमा यस्तो समस्या देखिएपछि सदनमा समेत यसबारे बहस सुरु भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro