site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राखेपका सदस्यसचिव घिसिङ र कतारका राजदूतबीच भेट, घिसिङले पाए फुटबल उपहार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच बुधबार त्रिपुरेश्वरस्थित सदस्यसचिव घिसिङको कार्यकक्षमा भेटवार्ता भएको छ ।

भेटका अवसरमा सदस्यसचिव घिसिङले राजदूत युसुफ विन मोहम्मद खेलकुदप्रेमी भएको थाहा पाउँदा खुसी लागेको बताए ।

घिसिङले कतारमा हुने विश्वकपको पूर्वसन्ध्यामा नेपालस्थित दूतावाससँग समन्वय गर्दै राखेप, अखिल नेपाल फुटबल संघ (एन्फा)र नेपाल ओलम्पिक कमिटी मिलेर कार्यक्रम आयोजना गर्ने सोच रहेको बताए ।

राजदूत युसुफ विन मोहम्मदले सदस्यसचिव घिसिङको शुभेक्षाप्रति आभार प्रकट गर्दै नेपाली खेलकुदको विकासका लागि ‘जी–टु–जी’ मार्फत प्रस्ताव गरे आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राजदूत युसुफले मायाको चिनो स्वरूप सदस्यसचिव घिसिङलाई फुटबल उपहार दिएका थिए । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठको पनि उपस्थिति थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro