site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१७ घण्टापछि जोरपाटीमा मिथेन ग्यासको फोहोरा निस्किन रोकियो

काठमाडौं । काठमाडौंको जोरपाटीमा मिथेन ग्यासको फोहोरा निस्किन रोकिएको छ ।

मंगलबार बिहान करिब १० बजेदेखि स्थानीय सन्त लामाको घरमा बोरिङ खन्ने क्रममा निस्किएको फोहोरा आज बिहान ३ बजेतिर रोकिएको गोकर्णेश्वर नगरपालिका–५ का वडाध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

“मिथेनको फोहोरा आज बिहान ३ बजेतिर रोकियो । अहिले अवस्था सामान्य छ,” उनले भने ।

मंगलबार एक्कासि लेदो माटोसहितको फोहोरा निस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरी वृत्त बौद्धको टोली त्यहाँ पुगेको थियो ।

प्रहरी टोलीले खानी तथा भूगर्भ विभागमा जानकारी गरायो । खानीको टोलीले अनुसन्धान गर्दा मिथेन ग्यास भएको पुष्टि भएको थियो ।

फोहोरा निस्किएपछि त्यस क्षेत्रमा नेपाली सेनाको टोली समेत परिचालन गरिएको थियो । लेदो माटो आसपासको घरसम्म पुगेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro