site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेवनडोवस्की बार्सिलोनासँग अनुबन्ध

काठमाडौं । स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवनडोवस्कीलाई बायर्न म्युनिखबाट ५ करोड युरोमा चार वर्षका लागि अनुबन्ध गरेको छ ।

३३ वर्षे लेवनडोवस्कीको जर्मन बुन्डेसलिगाको क्लब बायर्नसँग सम्झैता अझै एक वर्ष बाँकी थियो । तर, गत मेमा नै लेवनडोवस्कीले ‘बायर्नसँग आफ्नो यात्रा समाप्त भएको’ बताएका थिए । लेवनडोवस्की अमेरिका भ्रमणमा रहेको बार्सिलोना टिमसँग सामेल भइसकेका छन् । बार्सिलोनाले अमेरिका भ्रमणमा चार खेल खेल्नेछ । 

“अन्तत म यहाँ छु । बार्सिलोनामा अनुबन्ध हुन पाउँदा खुसी छु,’’ लेवानडोवस्कीले भने, “पछिल्ला केही दिनहरू धेरै लामो भएका छन् । अन्ततः सम्झौता सकियो । अब मेरो जीवनमा नयाँ अध्याय र चुनौतीहरु सुरु भएको छ । त्यसको सामना गर्न म ध्यान केन्द्रित गर्नेछु । म सधैँ ला लिगा र ठूला क्लबहरूका लागि खेल्न चाहन्थे । अब बार्सिलोनाबाट सकेसम्म धेरै उपाधि जित्न चाहन्छु ।’’

लेवनडोवस्की जर्मन बुन्डेसलिगको अर्को क्लब बोरुसिया डर्टमन्डबाट सन् २०१४ मा निःशुल्क ट्रान्सफरमा बायर्न गएका थिए । उनले गत सिजन ४६ खेलमा ५० गोल गरेका थिए । लेवनडोवस्कीकै प्रदर्शनप्ररित बायर्नले गत सिजन लगातार दशौं बुन्डेसलिगा उपाधि जित्न सफल भएको थियो । 

लेवानडोवस्कीले बायर्नका लागि ३७४ खेलमा ३४४ गोल गरेका छन् । उनी गर्ड मुलर पछिको दोस्रो सर्वाधिक गोलकर्ता हुन् । उनले बायर्नमा आठै सिजनमा लिग उपाधि जितेका थिए । लेवनडोवस्कीले बायर्नबाट २०१९/२० मा च्याम्पियन्स लिग उपाधि पनि जितेका छन् ।

बार्सिलोनाको यस समरमा अनुबन्ध गरेको लेवनडोवस्की चौथो खेलाडी हुन् । बार्सिलोनाले यसअघि ब्राजिलका विङ्गर राफिन्हालाई लिड्स युनाइटेडबाट, आइभोरी कोस्टका मिडफिल्डर फ्रान्क केसीलाई एसी मिलानबाट र डेनमार्कका रक्षक आन्द्रेस क्रिस्टेनसेनलाई चेल्सीबाट अनुबन्ध गरेको थियो । फ्रान्सका विङ्गर औसमान डेम्बेलेले पनि बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro