site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेदरल्यान्ड्सका डी लिग्ट बायर्नमा अनुबन्ध

काठमाडौं । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले युभेन्टसबाट नेदरल्यान्ड्सका रक्षक म्याथिज डी लिग्टलाई ७ करोड ७० लाख युरोमा पाँच वर्षका लागि अनुबन्ध गरेको छ ।

डी लिग्ट जुलाई २०१९ मा आयाक्सबाट पाँच वर्षको सम्झौतामा युभेन्टससँग अनुबन्ध भएका थिए । उनले तीन सिजनमा युभेन्टसमा विताए । २२ वर्षे डी लिग्टले टुरिनमा ११७ खेल खेले भने एक सिरी ‘ए’ र एक कोपा इटालियाको उपाधि जिते । 

“म यो महान क्लबको खेलाडी बन्न पाउँदा धेरै खुसी छु,” डी लिग्टले भने, “बायर्न जर्मनीको सबैभन्दा सफल क्लब हो । युरोप र विश्वको सबैभन्दा सफल क्लबहरू मध्ये एक हो । मैले सुरुदेखि नै खेलकुद व्यवस्थापन, प्रशिक्षक र बोर्डबाट साँचो प्रशंसा पाएको महसुस गरेँ । जसले मलाई विश्वस्त तुल्यायो कि यो ठूलो उद्देश्य बोकेको उत्कृष्ट क्लब हो । यस क्लबको हिस्सा बन्न पाउँदा म खुसी छु ।’’

बायर्नको खेलाडी स्थान्तरणमा २०१९ मा रक्षक लुकास हर्नान्डेजलाई एट्लेटिको मड्रिडबाट कीर्तिमान ८ करोड युरोमा अनुबन्ध गरेको थियो । 

मिडफिल्डर रायन ग्रेभेनबर्चपछि यस समरमा डी लिग्ट बायर्नमा अनुबन्ध हुने दोस्रो नेदरल्यान्ड्सका खेलाडी हुन् ।

बायर्नले यसअघि लिभरपुलबाट साडियो माने र आयाक्सबाट राइट ब्याक नोसाइर माजराउईलाई अनुबन्ध गरेको थियो । बायर्नले भट्रान स्ट्राइकर रोबर्ट लेवनडोवस्कीलाई ५ करोड युरोमा बार्सिलोना पठाएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro