site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसी राष्ट्रपति पुटिन इरानमा 

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन इरान भ्रमणमा गएका छन् । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि यो उनको दोस्रो विदेश भ्रमण हो । 

तेहरान पुगेको केही सममै उनले इरानी समकक्षी इब्राहिम रैसीसँग भेटघाट गरेका छन् । भेटपछि उनीहरूले दुई देशबीचको सम्बन्ध राम्रो गतिमा विकास भइरहेको बताएका छन् । 

पुटिनले इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनी र टर्किस राष्ट्रपति रिसेप तायिप एर्दोआनसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

एकजना टर्किस अधिकारीका अनुसार तेहरानमा पुटिन र ती नेताबीच खाद्यान्न निर्यातकर्ता मुलुक सिरिया र युक्रेनबारे छलफल हुनेछ । 

पुटिनले युक्रेनी युद्ध प्रारम्भ भएयता पूर्व सोभियत गणराज्यहरूको भ्रमण सीमित पारेका छन् । गत जुनमा पहिलो अन्तर्राष्ट्रिय भ्रमणको रूपमा पुटिनले पूर्व सोभियत गणराज्य ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गरेका थिए । ती दुवै मुलुकमा अहिले रुस समर्थित सरकार छन् ।  

पुटिनको भ्रमणले मस्कोका थोरै अन्तर्राष्ट्रिय गठबन्धनमा पर्ने मुलुकमध्ये एक इरानसँगको सम्बन्ध अझै मजबुत हुने अनुमान गरिएको छ । इरानमाथि पनि पश्चिम जगतले आर्थिक प्रतिबन्धहरू लगाउँदै आएको छ । 

गत साता मात्र अमेरिकी अधिकारीहरूले तेहरानले युक्रेन युद्धमा प्रयोग गर्नका लागि रुसलाई सयौँ ड्रोन दिने योजना बनाइरहेको आरोप लगाएका थिए ।  बीबीसीबाट
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  २१:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro