site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीका तीन अधिकृत जसले आईजीपी बन्न नपाएपछि संगठन छाडे, दुईले राजनीति रोजे

काठमाडौं । नेपाल प्रहरी सुरक्षा निकायमा सबैभन्दा बढी राजनीतिक चलखेलको केन्द्र बन्दै गएको छ । प्रहरीभित्र हुने बढुवा निरन्तर विवादित बन्दै गएको छ । 

सत्तामा जुनसुकै दल भए पनि आफूअनुकूल प्रहरीलाई प्रयोग गर्ने र त्यसबाट लाभ लिने प्रवृत्तिका कारण प्रहरीको व्यावसायिकता मर्दै गएको छ । 

पछिल्ला पाँच वर्षमा संगठनमा आफूमाथि अन्याय भएको भन्दै तीनजना उच्च प्रहरी अधिकृतले राजीनामा दिएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सोमबार पनि एआईजी विश्वराज पोखरेलले प्रहरी संगठनबाट अलग्गिने घोषणा गरेका छन् । आफूभन्दा १६ महिना कनिष्ठ एआईजी धीरजप्रताप सिंहलाई एआईजी नियुक्त गरेपछि उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । शुक्रबार उनको रिट सर्वोच्चले खारेज गरेपछि उनले राजीनामा दिएका हुन् । 

यसअघि पनि ०७४ भदौमा आईजीपी प्रकरणमा मुद्दा हारेलगत्तै प्रहरीका डीआईजी नवराज सिलवालले राजीनामा दिएका थिए ।

आफूलाई आईजीपी बनाउनुपर्ने माग गर्दै डीआईजी सिलवाल सर्वोच्च गएका थिए । उनी आईजीपी बन्ने बाटो बन्द भएपछि नेकपा एमाले प्रवेश गरेर प्रतिनिधिसभामा चुनाव लडेका थिए । 

त्यसअघि सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेको थियो । तर सर्वोच्चले कनिष्ठ डीआईजीलाई आईजीपी नियुक्त गरिएको भन्दै सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । 

त्यसपछि सरकारले प्रकाश अर्याललाई आईजीपी बनाउने निर्णय गर्‍यो । सरकारको निर्णय सदर गर्दै सर्वोच्चको पूर्ण इजलासले सिलवालको रिट खारेज गरेको थियो । सर्वोच्चको सो निर्णयपछि उनले संगठनबाट राजीनामा दिए । उनले त्यति बेला ‘अन्यायमा पर्दा कस्तो पीडा हुँदो रहेछ भन्ने आफूले अनुभूति’ गरेको बताएका थिए । 

०७४ चैतमै डीआइजी रमेश खरेलले आफूलाई आईजीपी नबनाइएको भन्दै राजीनामा दिए । सरकारले डीआइजी सर्वेन्द्र खनाललाई आईजीपी नियुक्त गरेपछि उनले राजीनामा दिएका हुन । तर, सिलवाल र पोखरेलजस्तै उनी अदालत भने गएनन् । तर, राजनीतिक दल दर्ता गरेर अहिले सक्रिय छन् । 

हरेकजसो सरकारले आफूनिकटकालाई बढुवामा प्राथमिकता दिँदै आएका छन् । दल नजिक नभए आईजीपी र बढुवामै परिँदैन भन्ने मानसिकता प्रहरीमा हावी भएको प्रहरीकै बहालवाला अधिकृतहरु गुनासो गर्छन् । 

असन्तुष्ट हुँदैमा संगठन छाडेका पूर्वडीआईजी रमेश खरेलले यसबारे आफूले टिप्पणी नगर्ने बताए । खरेलले भने,“यसबारे म केही बोल्दिन । यथार्थ सबैलाई थाहै छ नि !”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro