काठमाडौं । क्रिप्टोकरेन्सी बजारमा आएको उथलपुथलका कारण हराएकी बिटक्वाइन लगानीकर्ता डा. रुजा इग्नातोवा जसलाई ‘क्रिप्टोक्वीन’ भनेर पनि चिनिन्छ, उनको भाग्य डुबेको सम्भावना देखिएको छ ।
उनी सन् २०१७ मा गायब भएकी थिइन् । त्यति बेला उनको क्रिप्टोकरेन्सी वानक्वोइन चरम सीमामा थियो । लगानीकर्ताहरूले त्यसमा अर्बौँ रकम लगानी गरेका थिए ।
ठगी र ‘मनी लाउन्ड्रिङ’को आरोपका कारण उनी अमेरिकी गुप्तचर एजेन्सी एफबीआईका १० ‘मोस्ट वान्टेड’ फरारमध्ये एक घोषित भइन् ।
अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी ती उद्यमीले आफूले ‘बिटक्वाइन किलर’ बनाएको आफ्ना लगानीकर्तालाई बताएकी थिइन् । तर, बीबीसीले अनुसन्धानबाट प्राप्त गरेको फाइलानुसार गायब हुनुअघि उनले गोप्य रूपमा आफ्ना प्रतिद्वन्द्वी मुद्रामा अर्बौँ रकम जम्मा गरेकी थिइन् ।
यसको विस्तृत विवरण पहिलोपटक सन् २०२१ मा सार्वजनिक भएको थियो । दुबईको एउटा अदालतमा एकजना वकिलले अनलाइनमार्फत कागजातहरू पेस गरेका थिए । ती कागजातमा डा. रुजालाई ‘इतिहासको सबैभन्दा सफल अपराधी’ भनेर उल्लेख गरिएको छ ।
एउटा नयाँ पुस्तक र बीबीसी पोडकास्टको आउँदो एपिसोड ‘द मिसिङ क्रिप्टो क्वीन’मा डा. रुजा कसरी लुकेर बसिरहेकी छन् र उनले कसरी क्रिप्टो जम्मा गरिन् भनेर अनुसन्धान गरिएको छ ।
द दुबई फाइल
बीबीसीले दुबई फाइलमा भएका केही जानकारीलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न सक्षम भएको छ । ‘लिक’ भएको खबरले संकेत गर्छ कि दुबई डा. रुजाका लागि महत्त्वपूर्ण वित्तीय रुट थियो । यहाँसम्म कि एफबीआईले उल्लेख गरेको डा. रुजासँग सम्बन्धित पाँच देशका नामहरूमा संयुक्त अरब इमिरेट्स (यूएई) पनि थियो ।
डा. रुजाको फाइल अनलाइनमा पोस्ट गरेका वकिल डा. जोनाथन लेवी भन्छन्, “यहाँ करोडौँ डलर सर्तमा छ ।”
डा. लेवी वनक्वाइनपीडितहरूले गरेको क्षतिपूर्ति दाबीमा उनीहरूबाट प्राप्त गरेको जानकारीमा विश्वास गरिरहेका छन् । पीडितहरूले ब्रिटिस हिन्द महासागर क्षेत्रको सर्वोच्च अदालतमा यो दाबी गरेका हुन् । उनीहरूले सोही अदालतमा दाबी राख्नुपछाडिको कारणमा यसले कथित रूपमा वानक्वाइनको उपयोग गरिने वेब डोमेन होस्ट गर्ने अनुमान गरिएको छ ।
डा. लेवीले एउटा व्हिसलब्लोअरबाट हजारौँ कागजातहरू फेला पारेका हुन् । तीमध्ये अधिकांश अरबी भाषामा थियो । दुबईमा अधिकांश नागरिकलाई ‘गलत तरिकाबाट समृद्ध’ बनाउने भनेर उक्त व्हिसलब्लोअरमा उल्लेख गरिएको छ ।
बिटक्वाइन सम्झौता
डा. लेवीको कानुनी मुद्दामा सबैभन्दा ठूलो दाबीका रूपमा यो उल्लेख छ कि एकजना धनाढ्य व्यापारी ‘टाइकुन’का छोरा अमीरातको शेख सउद बिन फैसल अल कास्सिमीसँग बिटक्वाइन सम्झौता भएको हो ।
फाइलमा यो पनि भनिएको छ कि सन् २०१५ मा शेख सउदले डा. रुजालाई चार यूएसबी वाला मेमोरी स्टिक दिएका थिए, जसमा त्यो समयको ४८.३ मिलियन युरोबराबर दुई लाख ३० हजारबराबरको बिटक्वाइन थियो ।
यो कथित सम्झौता हुनुअघि दुबईको मशरेक बैंकले मनी लाउन्ड्रिङको आरोपमा डा. रुजाको खाता बन्द गर्न थालेको थियो । त्यसैले उनले त्यो चेक नगद गर्न सकिनन् ।
यो तथ्य बाहिरिनुभन्दा एक वर्षअघिदेखि अमेरिकी न्याय विभागले डा. रुजामाथि आरोप लगाएको थियो । साथै, वानक्वोइनलाई ठगी क्रिप्टोकरेन्सी भनिएको थियो । सन् २०२० मा दुबईका अधिकारीहरूले डा. रुजाको कोषमाथिको प्रतिबन्ध हटाए ।
उक्त निर्णय हुनुभन्दा केही महिनाअघि डा.रुजाका पूर्वकोष प्रबन्धक (फन्ड म्यानेजर) मार्क स्कटलाई पनि न्युयोर्कमा वनक्वोइनको ४०० मिलियन लाउन्ड्रिङमा दोषी पाइएको थियो ।
यस निर्णयका सम्बन्धमा बीबीसीले दुबईका सरकारी वकिलसँग सोधेको प्रश्नको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
दुबईको पुनरावेदन अदालतको रेकर्डअनुसार २०२२ अप्रिल २८ मा शेख साउदले डा. रुजको फन्ड उनलाई सुम्पिदिन माग गरेका थिए । उनले डा. रुजासँग भएको कुनै सम्झौताका बारेमा कुरा उठाइरहेका थिए ।
यो मुद्दामा डा. रुजा प्रतिवादी हुन्, जबकि करिब पाँच वर्षदेखि उनलाई कतै देखिएको छैन ।
डा. रुजा र शेख
शेख साउदका बारेमा त्यति जानकारी बाहिरिएको छैन । तर, स्रोतका अनुसार छोटो कदको शरीर भएका शेख बडी बिल्डिङको इच्छा राख्छन् र सार्वजनिक रूपमा कमै देखा पर्थे ।
उनी शिक्षाको क्षेत्रमा काम गर्ने दाबी गर्ने संस्था द इन्टरगभर्नल कोल्याबोरेसन एक्सन फन्ड फोर एक्सिलेन्स (आईसीएएफई)को सन् २०१७ मा आएको एउटा यट्युब भिडियोमा देखिएका थिए ।
तर, दुबई फाइलहरू जारी गरिएसँगै उक्त भिडियोबाट आईसीएएफईको सचिवबाट शेख अल कास्सिमीको नाम एकाएक गायब भयो ।
भर्खरै लन्च गरिएको क्रिप्टोकरेन्सीमा पनि शेखलाई अध्यक्षका रूपमा चिनाइएको छ । लिक दुबई फाइलहरूले अल कासिमीको परिवार र डा. रुजाबीच कुनै समय घनिष्ठ सम्बन्ध रहेको देखाउँछ ।
सन् २०१५ सेप्टेम्बर ३ मा दुबईको मशरेक बैंकले डा. रुजालाई उनको व्यक्तिगत खाता बन्द गरिदिने लिखित सूचना जारी गर्यो ।
त्यसको ११ दिनपछि एक अमेरिकी अदालतले एउटा इमेल प्राप्त गर्यो, त्यो डा. रुजाले वनक्वोइनको आफ्ना एक सहयोगीलाई मरशेक बैंकबाट ५० मिलियन युरो ट्रान्सफर गर्न लेखेकी थिइन् । उक्त इमेलमा उनले अर्को हप्ता दुबईमा एकजना शेखसँग भेट्ने कुरा पनि उल्लेख गरेकी थिइन् । उनले ‘हाम्रो लागि त्यहाँ केही हुनसक्छ’ भनेर प्रयास गर्ने पनि लेखेकी थिइन् ।
डा. रुजा कोसँग भेट्न जाँदै थिइन् वा भेट भयो/भएन, त्यसको कुनै जानकारी छैन । तर, फाइलले अर्को कथातर्फ औँल्याउँछ ।
फाइलहरूबाट सन् २०१५ अक्टोबर ८ मा खिचिएको एउटा तस्बिर फेला त परेको छ, तर उक्त तस्बिर कहाँ खिचिएको हो थाहा छैन । तस्बिरमा डा. रुजा शेख सउदका बुवा शेख फैसलको छेउमा उभिएकी छन् ।
अल कास्सिमी परिवार शारजाहमा शासन गर्छ, जुन दुबई र रस अल खैमाह (आरएके)को सिमानामा पर्छ ।
बीबीसीले शेख फैसलसँग उनको परिवार र डा. रुजाको सम्बन्धका बारेमा जान्न चाहेको थियो । तर, उनले अहिलेसम्म बीबीसीको जिज्ञासामा कुनै जवाफ दिएका छैनन् ।
कूटनीतिक परिचयपत्रको गोप्यता ?
फाइलमा रुजाको नामबाट आईसीएएफईको विशेष सल्लाहकारका रूपमा जारी एउटा कूटनीतिक आईडी पनि फेला परेको छ । यो कुनै बेला वरिष्ठका रूपमा शेख सउदको नाता भएको संस्था हो ।
यो संगठन संयुक्त राष्ट्रसंघसँग सम्बद्ध देखिन्छ । तर, राष्ट्रसंघका महासचिवका प्रवक्ताले संयुक्त राष्ट्रसँग यसको सम्बन्धको कुनै अभिलेख फेला पारेनन् ।
यसका सहसंस्थापक शहरयार रहिमीले आईसीएएफई संयुक्त राष्ट्रसंघमा दर्ता भएको बताए पनि यसबारे कुनै प्रमाण दिन सकेनन् ।
उनले रुजालाई दिएको आईसीएएफईको कागजात शेख साउदबाट आएको बताए ।
डा. रुजाको बिटक्वाइन सम्झौताको केही समयपछि उनीहरूको सम्बन्धमा चिसोपन आयो । लिक भएको फाइलमा फेलापरेको पत्रानुसार शेख साउदले डा. रुजालाई आईसीएएफईको राजदूतको भूमिकाबाट बर्खास्त गरेका थिए । यो डा. रुजाको सम्पत्ति कानुनी विवादमा फस्नुअघिको कुरा हो । यी दुईबीच यो मुद्दा जुन २८ मा दुबईको पुनरावेदन अदालतमा टुंगिएको थियो ।
डा. रुजासँग अहिले कति रकम छ ?
कथित बिटक्वाइन सम्झौता, डा. रुजासँगको उनको सम्बन्ध र आईसीएएफईमा उनको भूमिकाका बारेमा सोध्दा शेख साउदका वकिलले सिधै जवाफ दिएनन् । तर, लेखे, “तपाईंसँग भएका सबै जानकारी निराधार (आधारहीन) छन् ।”
कथित बिटक्वाइन सम्झौता ‘कोल्ड स्टोरेज वालेट’ प्रयोग गरेर गरिएको भनिएको छ, जसले वास्तवमा के भयो भनेर पत्ता लगाउन गाह्रो बनायो ।
बिटक्वाइन लेनदेनलाई प्रायः ‘ट्रेस’ गर्न मिल्छ । किनभने, वालेटहरूबीच भर्चुअल मुद्राको सबै ट्रान्सफर एउटा सार्वजनिक रूपमा हेर्न सकिने डाटाबेसमा रेकर्ड हुन्छन् ।
यद्यपि, यी बिटक्वाइनहरू कुन वा कति वालेटमा जम्मा गरियो भन्ने विवरण अदालतका कागजातहरूमा छैन ।
यदि, ती अझै डा. रुजासँग नै छन् भने उनलाई यति ठूलो मात्रामा बिटक्वाइन ट्रान्सफर गर्न गाह्रो हुनसक्छ ।
क्रिप्टोका लेखक डेभिड बर्चलाई लाग्छ कि एक बेनामी मुद्राका रूपमा बिटक्वाइनको प्रतिष्ठा गलत छ । किनभने, सरकारी एजेन्सीहरूले यी सिक्काहरूको प्रवाह ट्रयाक गर्न राम्रो एल्गोरिदमहरू प्रयोग गरिरहेका छन् । उनका अनुसार केही बिलियन डलरबाट छुटकारा पाउन तपाईंले सोचेको भन्दा धेरै गाह्रो छ ।
यदि डा. रुजासँग अझै दुई लाख ३० हजार बिटक्वाइनहरू छन् भने उनी यस मुद्राको सबैभन्दा ठूलो मालिक हुन् । २०२१ नोभेम्बरमा उनको सेयर (हिस्सा) १५ बिलियन डलरमा पुगेको होला । तर, यो लेखिरहँदा त्यो पाँच बिलियन डलरमा झरिसकेको छ । अहिले पनि यो उनलाई लुकेर बस्न पर्याप्त छ । बीबीसीबाट